उपत्यकामा होम आइसोलेसनमै ज्यान गुमाउन थाले कोरोना संक्रमित, पाँच दिनमा १८ जनाको मृत्यु

उपत्यकामा होम आइसोलेसनमै ज्यान गुमाउन थाले कोरोना संक्रमित, पाँच दिनमा १८ जनाको मृत्यु
+
-

काठमाडौँ- अस्पतालमा बेडको अभावसँगै काठमाडौँ उपत्यकाभित्र होम आइसोलेनमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।

कोरोना संक्रमितको शव व्यवस्थापन गरिरहेको नेपाली सेनाका अनुसार पछिल्लो पाँच दिनमा मात्र काठमाडौँ उपत्यकामा १८ जनाले होम आइसोलेसनमा ज्यान गुमाएका छन्। शनिबार एकै दिन ६ जनाले ज्यान गुमाएका थिए। आइतबार दुई जनाले ज्यान गुमाएको रिपोर्ट प्राप्त भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

बैशाख २४ गते ४ जना र त्यसभन्दा अघिल्ला दुई दिन लगातार ३ जनाले ज्यान गुमाएको उनले बताए। ‘ होम आइसोलेसनमा ज्यान गुमाउनेको संख्या बढिरहेका कारण प्राविधिक कठिनाई बढिरहेको छ,’ उनले भने।

‘होम आइसोलेसनमा ज्यान गुमाउनेको शव व्यवस्थापन गर्नुअघि वडा कार्यालय र प्रहरीले शव मुलुल्का गर्नुपर्छ। त्यसमा समय लाग्छ। त्यसैले हिजोआज पहिला कागजी प्रक्रिया पुरा गरेर मात्र हाम्रो शव व्यवस्थापन टोली त्यहाँ पुग्ने गरेको छ’, प्रवक्ता पौडेलले जानकारी दिए।

पछिल्लो समय कोरोना परीक्षण नभएका तर घरमा अचानक ज्यान गुमाउनेको कोरोना परीक्षण हुन छाडेको छ।

 मृतकको तथ्यांक लुकाइयो : सरकार देशभर-५३, नेपाली सेना- उपत्यकामै ७६ 

सरकारले कोरोना संक्रमणबाट ज्यान गुमाउनेको तथ्यांक लुकाइरहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार, पछिल्लो २४ घण्टामा देशभर कोरोनाले ज्यान गुमाउनेको संख्या ५३ रहेको थियो।

तर नेपाली सेनाले काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाएका ७६ जनाको शव व्यवस्थापनका लागि अनुरोध आएको जनाएको छ। यसैगरी सरकारले आइतबार पछिल्लो २४ घण्टामा ५२ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो। त्यसलाई केहीबेरमा सच्याएर मृतकको संख्या ८८ पुर्‍याइएको थियो।

नेपाली सेनाका अनुसार आइतबार मात्र काठमाडौँ उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाएका ५८ जनाको शव व्यवस्थापनका लागि अनुरोध आएको छ। सेनाले उपत्यकामा गत शुक्रबार ७३ जना, बिहिबार ५५ जना र बुधबार ४४ जनाको शव व्यवस्थापनका लागि अनुरोध आएको जनाएको छ।

सरकारले हालसम्म कोरोना संक्रमणबाट देशभर ३ हजार ७ सय २० जनाको ज्यान गएको बताएको छ। नेपाली सेनाले भने कोरोना संक्रमणका कारण ज्यान गुमाएका ४ हजार ९ सय ४ जनाको शव व्यवस्थापन गरेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?