अक्सिजन अभावमा छटपटाउँदै संक्रमित, अस्पताल भन्छन्ः अक्सिजन नभए स्थिति भयावह

अक्सिजन अभावमा छटपटाउँदै संक्रमित, अस्पताल भन्छन्ः अक्सिजन नभए स्थिति भयावह
+
-

बुटवल– गत शनिबार बुटवल ११ देवीनगरका ३७ वर्षीय पुरूषले अक्सिजन र समयमा उपचार नपाउँदा ज्यान गुमाए। कोरोना संक्रमणले गल्न थालेपछि एम्बुलेन्ससमेत नपाएका उनी अटोरिक्सामा लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए।

लुम्बिनीले बेड र अक्सिजन नभएको भन्दै भीम अस्पताल वा मेडिकल कलेज लैजान भन्यो। त्यहाँ न अक्सिजन पाइयो, न बेड। भर्ना नपाएका उनलाई आफन्तले फेरि लुम्बिनीमै ल्याए। चिकित्सकले अक्सिजन नभएको र खोजेर ल्याए पेटीमै राखेर उपचार गर्ने बताएपछि आफन्तले सकेजति ठाउँमा हारगुहार गरे, तर अक्सिजन पाएनन्। अस्पताल परिसरमै उपचार नपाएर छटपटिएका ती युवाको मृत्यु भयो।

ती युवाका आफन्त रेशम कुँवर भन्छन्, ‘जति हारगुहार गरे पनि कसैले सहयोग गरेनन्, डाक्टरले अक्सिजन ल्याए उपचार गरिदिन्छौँ भने, अक्सिजन कहाँ पाउँछ भन्नेसमेत थाहा नभएका हामीले कहाँबाट ल्याउनु, चिनेजतिका सबैलाई भन्यौँ, अक्सिजन पाइएन, उपचार नपाएर ज्यान गुमाउनु पर्‍यो।’

कोरोना भाइरसबाट संक्रमण भएका बिरामीले यसरी नै समयमा उपचार नपाउँदा ज्यान गुमाएका छन्। रूपन्देहीका अस्पतालहरूमा न बिरामी भर्ना गर्न बेड छन् न अक्सिजन।

गत शुक्रबार अस्पतालमा पुगेर पनि उपचार नपाउँदा एम्बुलेन्समा छटपटिएरै बुटवलमा एक जनप्रतिनिधिले पनि ज्यान गुमाए। बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नवीन थापा मगरको अस्पताल चाहर्दाचाहर्दै अस्पतालबाहिरै मृत्यु भयो।

शुक्रबारै बुटवल–११ का ५२ वर्षीय पुरूषको पनि उपचार नपाएर ज्यान गयो।

पछिल्लो १२ घण्टामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ईमर्जेन्सीमा भर्ना भएका ५ जनाको आईसीयु र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको छ। अर्का एक जनाको धागो कारखानास्थित कोरोना अस्पतालमा मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमका अनुसार मृत्यु हुनेमा ५ जना पुरूष र एकजना महिला छन्। जसमध्ये तिलोत्तमा ६ रूपन्देहीकी ७० वर्षीय महिलाको बुधबार बिहान ७ः५२ मा मृत्यु भएको हो।

त्यस्तै तिलोत्तमा १ का ५७ वर्षीय पुरूषको बिहान ५ बजेर ५२ मिनेटमा, पाल्पाको तानसेन १४ का ३८ वर्षीय पुरूषको मंगलबार राति ११ बजे, सैनामैना ७ रुपन्देहीका ३६ वर्षीय पुरूषको मंगलबार साँझ ६ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो।

त्यसैगरी बुटवल ११ का ५२ वर्षीय पुरूषको मंगलबार साँझ साढे ५ बजे तथा बुटवल ६ का ४४ वर्षीय पुरुषको पनि साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। अ

हिले पनि लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालको ३६ वटा एचडियू, १६ वटा आईसियू, फिभर क्लिनिकमा ७ र कोभिड ईमर्जेन्सीमा ३८ वटा बेडमा कोरोना संक्रमित उपचाररत छन्। इमर्जेन्सीमा थप २२ जना उपचारको लागि बेडको पर्खाइमा छन्।

अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या बढ्दै गएपनि अक्सिजन अभावमा बिरामीको भर्ना लिन नसकेको डा गौतम बताउँछन्। आवश्यक अक्सिजन आपूर्ति नभए अवस्था भयावह हुने उनी बताउँछन्।

बुधबार मृत्यु भएकासहित रूपन्देहीमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ सय ९९ पुगेको छ।

मेडिकल कलेजले बिरामीलाई भन्योः अक्सिजन छैन आफ्नो व्यवस्था गर्नुहोला


रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजले दिउँसो चार बजेपछि विरामीलाई अक्सिजन उपलब्ध गराउन नसक्ने जनाएको छ। अस्पतालले विज्ञप्ति जारी गरी अक्सिजनको अभाव भएकाले उपलब्ध गराउन नसक्ने जनाएको हो।

चार बजेपछि आ–आफ्नो व्यवस्थापन गर्न बिरामी र बिरामीका आफन्तलाई अस्पतालले आग्रह गरेको छ।

‘यस अस्पतालमा आज मिति २०७८ वैशाख २९ गते दिनको ३ देखि ४ बजेसम्म मात्र अक्सिजन उपचार दिन सकिने अवस्था रहेको हुँदा त्यसपछि हुनसक्ने भवितव्यलाई मध्यनजर गरी सम्पूर्ण उपचाररत बिरामी पक्षहरुलाई यथाशिघ्र आ–आफ्नो व्यवस्थापन गर्नुहुन अन्यन्त दुखका साथ हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘अक्सिजन आपूर्तिका लागि सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षसँग यस अस्पतालले पुनः ध्यानाकर्षणका लागि अनुरोध गर्दछौँ।’

अक्सिजन आपूर्तिका लागि प्रयास गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अक्सिजन अभाव हटाउन प्रयत्न जारी रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?