ओलीले जित्दा नेपालको जित अझै अनिश्चित

ओलीले जित्दा नेपालको जित अझै अनिश्चित
+
-

काठमाडौँ-आफ्ना माग सम्बोधन नभए राजीनामा दिने चेतावनीसहित राजीनामा पत्र खल्तीमै बोकेर बिहीबार  दिउँसो दुई बजे बुढानीलकण्ठनजिकै चपली घुम्तीमा पुगेका थिए माधव नेपाल।

सञ्चार व्यवसायी क्याप्टेन रामेश्वर थापा निवासमा त्यतिञ्जल केपी ओली नेपालसँग वार्ता गर्न तम्मतयार थिए। आफ्नो सत्ता निरन्तरताका लागि नेपाललाई जसरी पनि अड्काउने रणनीति ओलीमा रहेको बुझ्न चार घण्टा भन्दा धेरै प्रतीक्षा गर्न परेन।

नेपाल र ओलीबीच थापा निवासमा वार्ता जति लम्बिदै थियो त्यति नै ओलीले नेपालसँग उधारो सहमति गरेर उनी र उनीपक्षीय सांसदको राजीनामा रोक्छन् भन्ने लख काटिँदै थियो।

नबन्दै अन्य दलको नेतृत्वमा नयाँ सरकार गठनमा मुख्य भूमिकामा रहेका नेपाललाई ओलीले मनाउन सफल भए। तर यसमा ओलीले जिते। पुनः सत्तारोहणमा सुनौलो अवसर ओलीले पाएका छन्।

राष्ट्रपति कार्यालयबाट निर्धारित समयभित्र बहुमत सहित प्रधानमन्त्रीका लागि दाबी गर्न कोही नआएको विज्ञप्ति आइसकेको छ। अब संसदमा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा ओलीले नै सपथ खानेछन्, प्रधानमन्त्रीमा।

तर नेपालको जित अझै सुनिश्चित भइसकेको छैन। लामोसमयदेखि आफ्नो अडानमा चट्टान झैँ उभिएको दाबी गर्ने नेपालले ओलीसँग भएको सहमतिको एउटा लिखित पत्र या दस्ताबेज समेत सार्वजनिक गर्ने हैसियत बनाएनन्।

आफ्ना माग सम्बोधनका लागि कार्यदल गठन गर्न ओली सहमत हुनुलाई उनले आफ्नो जित ठानेका हुन्? यसबारे उनको स्पष्ट जबाफ आएको छैन।

फागुन २८ गते ओलीले गरेका निर्णय फिर्ता लिने र सर्वोच्चको फैसलाबमोजिम जेठ २ मा पार्टीलाई फर्काउने गरी गठन गर्ने भनिएको कार्यदल कहिले बन्छ? त्यसमा को को रहने? यसबारे दुवै पक्षबाट एउटै र स्पष्ट जबाफ आइकेको छैन।

ओलीले फागुन २८ मा नेपाल पक्षका पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गराएका थिए।  ओली पक्षले कार्यदलमा रहनेहरुको नाम निश्चित नभएको दाबी गरेको छ। नेता सुवास नेम्वाङले भनेका छन्, ‘कार्यदल गठन गर्ने भन्ने सहमति अध्यक्ष र माधव नेपालबीच भएको हो। तर त्यसमा को को बस्ने भन्ने निश्चित भएको छैन।’ नेपाल आफैले पनि ओलीसँग उनको सहमति उधारो भएको संकेत गरेका छन्।

वास्तवमा पटपटक आफूलाई थाङ्नामा सुताएको आरोप लगाउँदै आएका ओलीसँग नेपालले उधारोमा सहमति गरेका छन्। त्यसको फाइदा ओलीलाई भएको छ। नेपाललाई ओलीसँग समर्पण गरेको आरोप लागेको छ।

वार्तापछि उनले भनेका छन्,‘ पार्टीमा देखिएका विवादबारे हाम्रो लामो छलफल भयो। फागुन २८ गतेको निर्णय फिर्ता लिने र सर्वोच्चको फैसला बमोजिम पार्टीलाई जेठ २ मा फर्काउनेबारे छलफल भयो। कार्यदल गठन हुन्छ।’ त्यसमा स्पष्ट नभएपछि पत्रकारको प्रश्न थियो,‘कुरा मिलेको हो?’ नेपालको जबाफ थियो,‘मिल्ने दिशामा छलफल अघि बढेको छ। छलफल सकारात्मक छ। राजीनामा तत्काललाई टर्‍यो।’

वास्तवमा पटक -पटक आफूलाई थाङ्नामा सुताएको आरोप लगाउँदै आएका ओलीसँग नेपालले उधारोमा सहमति गरेका छन्। त्यसको फाइदा ओलीलाई भएको छ। नेपाललाई ओलीसँग समर्पण गरेको आरोप लागेको छ।

कतिपयले सामाजिक सञ्जालमा नेपाललाई ‘गद्दार’को आरोपसमेत लगाइसकेका छन्। बिहीबार ९ बजे अघि मुलकको विकसित राजनीतिमा नेपाल पक्षको राजीनामाको प्रभाव जति गहिरो पर्थ्यो, त्यो भोलिका दिनमा पक्कै पर्ने छैन।

तत्कालका लागि पार्टी बचाउन नेपालले ओलीसँग झुकेका हुन् भने पनि त्यसको ग्यारेन्टी छैन। यतिञ्जेल पाइलैपिच्छे आफूलाई माथ खुवाएकाले अब ओलीसँग झुक्न नसकिने दाबी गर्दै आएका नेपाल बिहीबार के आधारमा दुईचार दिनलाई आफ्नो राजीनामा टर्‍यो भनेका होलान? यसलाई लिएर उनीपक्षीय नेताहरु नै दोधारमा परेका छन्।

नेपाल निकट एक स्थायी कमिटी सदस्यले देशसञ्चारसँग भने,‘ आज माधव कमरेडले के आधारमा राजीनामा रोक्नु भयो? मैले चार पटक सोचेर पनि मेसो पाउन सकेको छैन। म अहिले केही भन्ने अवस्था छैन।’

वास्तवमा अघिपछि आफूपक्षीय नेताहरुलाई सामेल नगराई चतुर ओलीसँग वार्ता नगर्ने अडान नेपालले सुनाउने गर्थे। थापा निवासमा नेपाल र ओलीले एक्लाएक्लै कस्तो सहमति गरेका हुन् ? यसबारे उनीहरु बाहेक अरु नेताहरु स्पष्ट भइसकेका छैनन्।

यतिका लामो समय आफ्नो माग पूर्णरुपमा संवोधन नभएसम्म ओलीसँग एकता सम्भव नभएकोमा दृढ देखिएका थिए नेपाल। तर बिहीबारबाट नेपालको विश्वासनीयतामाथि उनी पक्षधर नेताहरुले नै प्रश्न उठाएका छन्। उनले ओलीलाई पूर्णरुपमा विश्वास गरेको आरोप लागेको छ।

नेपालले ओलीसँग विवाद कायमै रहेका बेला आफ्नो राजनीतिक बाटोबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाह लिदै आएका थिए। नेकपा रहँदा ओलीविरुद्ध नेपालले मोर्चा बलियो बनाएका थिए।

सर्वोच्चले नेकपा भंग गरेपछि नेपाल प्रचण्डलाई त्यागेर ओलीविरुद्ध संघर्ष गर्ने भन्दै एमालेमै फर्किएका थिए। त्यसपछि प्रचण्डले दाबी गरेका थिए,‘ नेपाल कि बिद्रोह गरेर एमाले कब्जा गर्नुहुन्छ। कि पार्टी फुटाएर मतिर आउनुहुन्छ।’ वास्तवमा प्रचण्डको यी दुवै दाबी मेल खाएन। बरु नेपाल ओलीसँग झुकेको आरोप लागेको छ।

यता ओलीले भने निकै चतुर्‍याइँका साथ निर्धारित समय गुजारेर नेपाल पक्षको राजीनामा रोक्न सफल ओलीको समर्थनबिना जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो आफ्ना २० जना सांसदलाई अपहरण शैलीमा रिसोर्टमा बन्दी बनाउन सफल भएका हुन् त? यसबाट मुलुकको राजनीति कुन हदसम्म अराजक बन्दै छ भन्ने पुष्टि  हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?