ओली र नेपाल पक्षबीच शुक्रबार निर्णायक वार्ता, सर्त पूरा नभए नयाँ पार्टी गठन गर्ने नेपाल पक्षको अडान कायमै

ओली र नेपाल पक्षबीच शुक्रबार निर्णायक वार्ता, सर्त पूरा नभए नयाँ पार्टी गठन गर्ने नेपाल पक्षको अडान कायमै
+
-

काठमाडौँ-नेकपा एमालेमा देखिएको विवादका मामिलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच शुक्रबार मात्रै निर्णायक वार्ता हुने भएको छ।

दुवै पक्षले साँझ ६ बजे सिंहदरबारमा निर्णायक वार्ता हुन लागेको पुष्टि गरेका छन्।

तर यो वार्तामा फागुन २८ मा ओलीले आफूहरुको उपस्थिति बिना डाकेको केन्द्रीय कमिटी बैठकबाट आफ्ना पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने निर्णय फिर्ता गर्नुपर्ने र पार्टीलाई सर्वोच्च अदालतको निर्णय बमोजिम २०७५ जेठ २ मा फर्काउनुपर्ने माग पुरा नगरे अर्को पार्टी गठन गर्ने अडानमै छन्।

बिहीबार ओलीसँग झण्डै ४ घण्टा वार्ता गरेपछि नेपालले कुरा मिल्ने दिशातर्फ गएको प्रतिक्रिया दिएका थिए।

उनले ओलीसँग पार्टी विवाद खासगरी फागुन २८ का निर्णयहरू फिर्ता गर्ने र सर्वाेच्च अदालतको फैसलाबमोजिम जेठ २ मै फर्कने गरी कार्यदल बनाउने सहमति भएको पनि ओलीसँग भएको जानकारी गराएका थिए । तर उनले ओलीसँग भएको समझदारीबारे लिखित पत्र या दस्ताबेज सार्वजनिक नगरेपछि ओलीले उनलाई फेरि गुमराहमा राखेको आशंका उत्पन्न भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि दिएको समयसीमा सकिनु केही घण्टा अघि मात्रै नेपाललाई वार्ताका लागि मनाएका थिए । नेपाल पक्षले बिहीबार बेलुका ४ बजेसम्म सहमति नभए सांसद पदबाट सामूहिक राजीनामा दिने चेतावनी दिएको थियो।

नेपाल पक्षले राजीनामा दिएको भए अन्य दललाई बहुमतको सरकार बनाउने अवसर प्राप्त हुन्थ्यो । त्यसबाट पूर्णरुपमा जानकार ओलीले नेपाल पक्षका सांसदको राजीनामा रोक्नका निम्ति वार्ताको समय लम्ब्याएका थिए।

अन्ततः ४ घण्टाको ओलीसँगको वार्तापछि नेपालले आफूहरुको राजीनामा २–४ दिनका लागि टरेको र पार्टीलाई एक बनाउने प्रयासलाई तीव्रता दिने समझदारी ओलीसँग भएको बताएका थिए।

ओली र नेपालबीच बिहीबार भएको सैद्धान्तिक समझदारीलाई मूर्तरूप दिन शुक्रबार स्वयं ओली र नेपाल तथा उनीहरू दुवैका विश्वासपात्रबीच निर्णाण्क वार्ता हुन लागेको हो। नेपाल पक्षका एक स्थायी कमिटी सदस्यका अनुसार शुक्रबार ओलीसँग हुने वार्तामा आफ्ना मागहरू सम्बोधनका लागि कार्यदल गठन गर्न उनीहरूले दबाब दिनेछन्।

उनले भने, ‘हामी पार्टी एकताको पक्षमा छौँ तर ओलीले हामीलाई गुमराहमा राख्ने कोसिस गर्नेछन् भन्नेमा सचेत छौँ। त्यसैले हामी हरेक सहमति स्पष्ट होस् भन्न चाहन्छौँ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?