रूपन्देहीमा कोभिड १९ का कारण २४ घण्टामा ९ जनाको मृत्यु

रूपन्देहीमा कोभिड १९ का कारण २४ घण्टामा ९ जनाको मृत्यु
+
-

बुटवल – रूपन्देहीमा कोभिड१९ का कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। यससँगै रुपन्देहीमा कोभिडका कारण मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ हजार ४ सय ७८ जनाको आरटिपिसिआर चेक गर्दा ५ सय १४ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

रूपन्देहीमा सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ८ जना पुगेको छ।

थप भएका संक्रमितमध्ये सबैभन्दा बढी तिलोत्तमा नगरपालिकामा ८२ जना महिला र ८३ जना पुरुष गरी १ सय ६५ जना छन्।

अहिलेसम्म सबैभन्दा बढी संक्रमित देखिँदै आएको बुटवल उपमहानगरपालिकामा भने तुलनात्मक रुपमा संक्रमितको संख्या धेरै कम भएको छ। बुटवलमा ६३ जना महिला र ९१ जना पुरुष गरी १ सय ५४ जना संक्रमित देखिएका छन्।

सिद्धार्थनगर नगरपालिकामा १७ महिला र २८ पुरुष गरी ४५ जना, सियारी गाउँपालिकामा १५ जना महिला र ४० जना पुरुष गरी ५५ जना, देवदह नगरपालिकामा ११ जना महिला र १५ जना पुरुष गरी २६ जना छन्।

यस्तै, सैनामैना गाउँपालिकामा १५ महिला र १५ पुरुष गरी ३० जना संक्रमित भएका छन्।

ओमसतिया गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुष गरी १० जना, कन्चन गाउँपालिकामा ९ महिला र ७ पुरुष गरी १६ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। यसैगरी, मायादेवी गाउँपालिकामा ४ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा १ जना पुरुष संक्रमित छन्।

पछिल्लो २४ घण्टामा रुपन्देहीका ४ वटा स्थानीय तहमा कोरोना संक्रमितको संख्या शून्य देखिएको छ।

जिल्लाको गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा संक्रमितको संख्या शून्य देखिएको हो।
जिल्लामा अहिले सक्रिय संक्रमितमध्ये ३ सय ४२ जना लक्षण सहितका संक्रमित रहेको र उनीहरूको अस्पताल र विभिन्न पालिकामा रहेका आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ। ७ हजार ६६ जना होम आइसोलेसनमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?