नेपाल पक्षको सहभागिताबिनै ओलीले गरे मन्त्रिमण्डल निर्माण

नेपाल पक्षको सहभागिताबिनै ओलीले गरे मन्त्रिमण्डल निर्माण
+
-

काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति नजिक पुगेको दाबी गरेको माधवकुमार नेपाल पक्षलाई समावेश नगरी ओलीले हतारमा मन्त्रिमण्डल निर्माण गरेका छन्।

संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्री बनेका ओलीले शुक्रबार नेपाल पक्षलाई समावेश नगरी आफू पक्षीय पुराना मन्त्रीहरुलाई नै समावेश गरेर मन्त्रिमण्डल निर्माण गरेका हुन्।

आफूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा सपथ ग्रहण गरेलगत्तै आफू निकट पुरानै मन्त्री र राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रिमण्डल निर्माण गरेका हुन्। संविधानमा मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीसमेत गर्दा बढीमा २५ जना मन्त्री बनाउन पाउने व्यवस्था छ। अब ओलीले आफ्नो मन्त्रिमण्डलमा तीन मन्त्री थप्न सक्ने छन्। त्यसमा नेपाल पक्ष अटाउने सम्भावा निकै कम छ। पार्टी विवाद मिलेको अवस्थामा नेपाल पक्षले त्यतिमा चित्त बुझाउने अवस्था छैन।

यसबारे नेपाल पक्षले सार्वजनिकरुपमा असन्तुष्ट नजनाएपनि आन्तरिक रुपमा रुष्ट बनेको छ। ‘बिहीबारदेखि पार्टी एकताका लागि पहल सुरु भएको छ। हामीहरुको अडानमा ओलीले सैद्धान्तिक सहमति जनाइसक्नु भएको छ। यस्तो अवस्थामा मन्त्रिमन्डल निर्माणमा हतार गर्न हुन्थेन। ओलीले गरेको हतारले हामीमा शंका उत्पन्न भएको छ,’ नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने।’

नेपाल पक्षको माग पुरा गर्न लामो समय तयार नभएका ओली संकटमा परेपछि अर्थात आफ्नो सत्ता निरन्तरताका लागि मात्रै बिहीबार नेपालसँग वार्तामा बसेका थिए। नेपाल पक्षको राजीनामा उनले समय लम्बाएरै रोकेका थिए। ओलीसँग सहमति नभएको भए नेपाल पक्षले हिजो राजीनामा दिन्थ्यो र त्यसले विपक्षी दलहरुलाई सरकार निर्माणका लागि अवसर मिल्थ्यो।

ओलीले चालबाजीपूर्ण तरिकाले अन्तिम समयमा नेपाललाई घुमराहमा राखेको आशंका नेपाल पक्षमा भइरहेको छ। शुक्रबार ओलीसँगको वार्ताबारे ब्रिफिङ गर्न र अवको बाटोबारे छलफल गर्न नेपालले बोलाएको केन्द्रीय कमिटी सदस्यहरुको भर्चुअल बैठकमा नेता नेपाललाई ओलीले झुक्याउन सक्नेमा केन्द्रीय सदस्यहरुले सचेत गराएका थिए।

यद्धपि नेपालले वार्तामा आफूहरुको अडान पुरा गर्न ओली सहमति भएको नेपालले दाबी गरेका छन्। खासगरी फागुन २८ गते आफूपक्षीय पार्टी पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने, त्यसपछि केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउने जस्ता ओलीका निर्णय खारेज हुनुपर्ने माग नेपाल पक्षले राख्दै आएको छ। त्यसका लागि कार्यदल बनाउन ओली सहमत भएको नेपालले दाबी गरेका छन्। नेपालसँग ओलीले बिहीबार गरेको वार्ताबारे ओली पक्षले अहिलेसम्म केही खुलाएको छैन।

ओलीसँग बिहीबार भएको सैद्धान्तिक सहमतिलाई लिखित रुप दिन केहीबेर अघि नेपाल पक्ष सिंहदरबारमा पुगेको छ। जहाँ नेपाल पक्षबाट नेता नेपाल आफै, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्थ सामेल छन्। प्रधानमन्त्री ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सिंहदरबार पुगेका छन्। उनीहरुले प्रधानमन्त्री ओलीलाई प्रतिक्षा गरिरहेको बुझिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?