उपनिर्वाचनमा को हट्ला बादल या खिमलाल?

उपनिर्वाचनमा को हट्ला बादल या खिमलाल?
+
-

काठमाडौँ – माधवकुमार नेपाल पक्षले राजीनामा दिएको भए विपक्षी दललाई नयाँ सरकार बनाउने अवसर हुने थियो। त्यससँगै केपी शर्मा ओलीको बहिर्गमन निश्चित थियो।

अन्तिम समयमा माग पूरा गर्ने ओलीको आश्वासनपछि नेपाल पक्षले राजीनामा रोके। ओलीले पुनः सत्तारोहणको मौका पाए।

पुनः सत्ता प्राप्तिका लागि ओलीले चलाखीपूर्ण तरिकाले नेपाल पक्षको राजीनामा रोकेका थिए वार्ताको समय लम्ब्याएर। तैपनि, ओलीका सबै खड्गो टरिसकेका छैनन्।

पाँच दिन मात्र बाँकी रहेको बाग्मती प्रदेशको उपनिर्वाचनमा के होला? एउटै दलबाट दुई प्रतिस्पर्धीलाई चुनावी मैदानमा उतारिएको छ। ओली र नेता नेपाल पक्षबीचको विवादले पार्टी नै विभाजनको संघारमा पुगेका बेला नेपाल पक्षले आफूपक्षीय नेता खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

देवकोटालाई विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले समर्थन जनाएका छन्।

ओली पक्षले अन्तिम समयमा आएर उम्मेदवारी दर्ता गर्ने दिन वैशाख २४गते बिहानको स्थायी कमिटी बैठकबाट फागुन २३ पछि माओवादी केन्द्रलाई त्यागेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई देवकोटाको प्रतिस्पर्धी बनाउने निर्णय गरेको थियो।

त्यसपछि हतारमा हेलिकप्टर चढेर बादल उम्मेदवारी दर्ता गर्न हेटौँडा पुगेका थिए।

तर, वैशाख २७ गते ओलीले लिएको विश्वासको मतमा मत नहालेको नेपाल पक्षले बहुमतको सरकार निर्माणको समयसीमा सकिनुभन्दा दुई घण्टाअघि मात्रै दुई–चार दिन आफूहरूको राजीनामा टरेको घोषणा गरेर संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री बन्ने मौका प्रदान गरेको थियो।

मेरो उम्मेदवारीमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय होः डा. देवकोटा

विवाद समाधानका लागि ओली र नेपाल पक्षबीच अहिले पनि वार्ता जारी छ।

शुक्रबार सिंहदरबारमा भएको वार्तामा नेपाल पक्षको मागबमोजिम पार्टीलाई जेठ २ मा फर्काएर समस्याको समाधान गर्ने सहमति भएको नेपाल पक्षले मात्रै दाबी गरेको छ।

ओली पक्षबाट यसबारे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन। शुक्रबारको वार्तामा समस्याको समाधानका लागि कार्यदल बनाउने जिम्मेवारी ओली र नेपाललाई दिइएको बताइएको छ।

तर, कार्यादल निर्माणका लागि यो समाचार तयार पर्दासम्म ओली र नेपाल वार्तामा बसेका छैनन्।

बरु, नेपाल पक्षले आफूपक्षीय केन्द्रीय कमिटी सदस्यहरूसँग भर्चुअल छलफल गरिरहेका छन्। शुक्रबारको वार्ताको निष्कर्षबारे पनि नेपालले केन्द्रीय सदस्यहरूलाई ‘ब्रिफिङ’ गरिरहेका छन्। यस्तो अवस्थामा ओली र नेपाल पक्षबीच सहमति हुन्छ या हुँदैन?

सहमति भइहालेमा कस्तो सहमति होला? प्रश्नहरू बाँकी नै रहेका बेला बाग्मती प्रदेश सभा सदस्यको उपनिर्वाचनमा बादल र देवकोटाको भिडन्तलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

यो बीचमा ओली र नेपाल पक्षबीच सहमति भएमा यो भिडन्तबाट एक जना पछि हट्नुपर्ने हुन्छ।

ओलीनिकट बादल हट्लान कि नेपालनिकट देवकोटा? ओली पक्षका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘यस्तो अवस्थामा हामीले देवकोटालाई पनि हटाउनुपर्ने हुन्छ। त्यसमा नेपाल पक्षले सहमति जनाउनुको विकल्प छैन।’

तर, नेपाल पक्षले भने पार्टीलाई जेठ २ मा पु¥याएर समस्याको समाधान गर्ने सहमित भइसकेको अवस्थामा बादललाई चुनावमा उठाउनु उचित होइन। बादललाई अवैधानिक तरिकाले एमालेमा जिम्मेवारी दिइएको छ। यो खारेज हुनुपर्ने हाम्रो माग हो।’

तर, नेपाल पक्षले शुक्रबारको वार्तामा बादललाई साक्षी राखेर ओलीसँग वार्ता गरेको छ।

स्रोतका अनुसार ओली वार्ता स्थलमा पुग्नुभन्दा पहिले बादलले नै वार्ताको अध्यक्षता गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?