बुटवलमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

बुटवलमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु
+
-

बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु भएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्मको अवधिमा प्रादेशिक अस्पतालको आकस्मिक र कोरोना अस्पतालको आइसियुमा ६ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दुई जना रुपन्देही, दुई जना गुल्मी, एक जना पश्चिम नवलपरासी र एक जनाको ठेगाना खुलेको छैन। रुपन्देहीको तिलोत्तमा ५ का ६० वर्षीय पुरुषको आइतबार बिहान साढे ८ बजे प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। तिलोत्तमाकै ४ का ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको हो।

गुल्मीको सत्यवती ५ का ४५ वर्षीय पुरुषको विहान सवा ५ बजे र गुल्मीको इस्मा ४ का ४५ वर्षकै पुरुषको विहान पौने ९ बजे प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो।

पश्चिम नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको दिउँसो १२ः४० मा कोरोना अस्पतालको आइसियुमा निधन भएको छ। विहान ९ बजे मृत्यु भएका एक पुरुषको भने ठेगाना नखुलेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?