मेटलाइफ फाउन्डेसनद्वारा ५० हजार अमेरिकी डलर अनुदान

मेटलाइफ फाउन्डेसनद्वारा ५० हजार अमेरिकी डलर अनुदान
+
-

काठमाडौँ– मेटलाइफ फाउन्डेसनले अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) लाई नेपालमा कोरोना संक्रमितबाट प्रभावित असहाय व्यक्तिका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ।

एएनएमएफ सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पुर्‍याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकद्वारा स्थापना गरिएको एक गैरनाफामूलक संस्था हो।

मेटलाइफ फाउन्डेसनको सो अनुदानले एएनएमएफलाई देशका विभिन्न स्थानमा सञ्चालित आइसोलेसन केन्द्र तथा अस्पतालमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटरलगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुनेछ।

उच्च संख्यामा बढिरहेका गम्भीर अवस्थाका बिरामीका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले एएनएमएफलाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनीकरण गर्न थप सक्षम बनाउन मद्दत गर्नेछ।

मेटलाइफ नेपालका महा प्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्, ‘आवश्यकताको यस घडीमा हामी सबै अहिलेको विश्वव्यापी महामारीबाट प्रभावित मानिसको स्वास्थ्य र जनहितका लागि हरसम्भव प्रयास गरिरहेका छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?