निम्बसद्वारा मास्क र स्यानिटाइजर सहयोग

निम्बसद्वारा मास्क र स्यानिटाइजर सहयोग
+
-

काठमाडौँ – कोरोना महामारीविरुद्ध लड्ने संगठन, स्वयंसेवक र अग्रपंक्तिमा रहेर सेवा दिनेहरू सबैका लागि निम्बसले मास्क र स्यानिटाइजर सहयोगस्वरूप उपलब्ध गराउने भएको छ।

यस कम्पनीले अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिने, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकायलगायतलाई प्राथमिकतामा राखेर प्रोटेक्ट मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको हो।

यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा www.nimbusbazar.com मार्फत सम्बन्धित स्थानमा पु¥याउनेछ ।
निम्बसले सहिद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ र अप्ठ्यारोमा परेकाहरूलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकद्वारा सञ्चालित संगठन, हर्टबेस्टलाई मास्क वितरण गरिसकेको जनाएको छ।

निम्बसका प्रबन्ध निर्देशक, आनन्द बगरिया, भन्छन्, ‘हाम्रो सुरक्षाका निम्ति यस महामारीविरुद्ध लड्ने सबैप्रति हामी भित्रैदेखि कृतज्ञ छौँ।’
निम्बसले उच्च गुणस्तरको Anti-microbial KN95 मास्क, 3ply मास्क र विश्व स्वास्थ संगठनको मापदण्डअनुसार ७६ प्रतिशत ethanol िरहेको स्यानिटाइजर उत्पादन गर्दै आएको छ।

आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरूले मास्क र स्यानिटाइजरका लागि निवेदन दिन www.nimbusbazar.com मा गएर Donate Pro-Tect बटन थिच्न अथवा ९७७–९८२८०९१६९१ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?