नेपाल पक्ष बादलविरुद्ध गए पार्टी एकता प्रयास समाप्त हुने

नेपाल पक्ष बादलविरुद्ध गए पार्टी एकता प्रयास समाप्त हुने
+
-

काठमाडौँ- माधवकुमार नेपाल पक्षले पार्टी ह्वीप र अध्यक्ष केपी शर्मा ओलीको चेतावनी भन्दा फरक अडान राखेपछि त्यसको प्रत्यक्ष र प्रतिकूल असर नेकपा एमालेको एकता प्रयासमा पर्ने देखिएको छ।

नेता नेपालले बिहीबार बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वविवेक प्रयोग हुनुपर्ने अडान राखेका थिए।

र, उपनिर्वाचनमा ओलीले उठाएका पार्टीको आधिकारिक उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मत नदिई नेपाल पक्षले आफू पक्षीय उम्मेदावार डा. खिमलाल देवकोटालाई दिएमा त्यसको असर पार्टी एकताको प्रयासमा पर्ने स्पष्ट संकेत देखिएको हो।

अध्यक्ष ओलीले उपनिर्वाचनको अघिल्लो दिन बुधबार दुई पृष्ट लामो अपिल जारी गर्दै बादललाई अनिर्वाय रुपमा मत दिन पार्टीलाई निर्देशन दिएका थिए।

त्यसअघि ओली निकट महासचिव ईश्वर पोखरेलले पनि निर्वाचनमा अनिवार्यरुपमा बादललाई मत दिन ह्वीप जारी गरेका थिए। तर बादल आफ्ना लागि मत माग्न घरमै आएका बेला नेपालले उपनिर्वाचनमा स्वविवेक प्रयोग गनुपर्ने धारणा राखेका थिए।

ओली निकट एक स्थायी कमिटी सदस्यका अनुसार नेपाल पक्षले पार्टीको ह्वीप उल्लंघन गर्छन् या गर्दैन भन्नेबारे पहिला परीक्षण गर्ने र त्यसका आधारमा पार्टी एकता प्रयास अघि बढाउने तयारी उनीहरुले गरेका छन्।

ओली निकट एक स्थायी कमिटी सदस्यले भने ,‘ पार्टीको ह्वीप उल्लंघन भएमा के गर्ने? नभएमा के गर्ने त्यसबारे समिक्षा हुने छ। अनि मात्रै एकताका लागि प्रयास अघि बढ्ने छ।’ उनका अनुसार यसै विषयमा केन्द्रीत हुन बालुवाटारमा २ बजे पार्टीको स्थायी कमिटी बैठक बोलाइएको छ।

आफू संकट परेपछि ओलीले आफ्नो पार्टीमा कायम विवाद समाधानका लागि नेपालसँग तयार भएका थिए, गत वैशाख ३० गते। चार घण्टा लामो वार्तामा फागुन २८ गते आफूले लिएका निर्णयहरु खारेज गर्न र २०७५ जेठ २ गते पार्टीलाई पुर्याउन ओली सकारात्मक भएको नेपालले दाबी गरेका थिए।

त्यसको दुई दिनपछि ओली र नेपालले पार्टीमा देखिएको समस्या समाधानका लागि आफना तर्फबाट पाँचपाँच जना नेताहरुलाई संलग्न गराई कार्यदल बनाएका थिए। कार्यदलले तीन दिनभित्र काम सक्ने उनीहरुको दाबी थियो। तर पहिलो दिन ओली निकट शंकर पोखरेलको अनुपस्थितिले कार्यदलको बैठक बस्न सकेन।

भोलीपल्ट बसेको बैठकमा पार्टी विवादको विषय प्रवेश भएन। बुधबार सात बजेलाई बैठक निर्धारण गरियो। तर अन्तिम समयमा आएर स्थगित भयो। बिहीबार पाँच बजे बैठक बोलाइएको छ।

त्यतिञ्जेल उपनिर्वाचन समाप्त भइसक्छ। तर नेपाल पक्षले पार्टी ह्वीप र अध्यक्ष ओलीको निर्देशन भन्दा फरक नेता देवकोटालाई मत दिएमा कार्यदलकै औचित्य समाप्त हुने देखिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?