
काठमाडौँ- राजनीतिक उथपुथलसँगै नेकपा एमाले विभाजन हुने संकेत देखिइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का दुई शीर्ष नेताहरु बालुवाटार पुगेका छन्। नेता महन्थ ठाकुर र राजेन्द्र महतो बिहीबार साँझ बालुवाटार पुगेका हुन्।
राष्ट्रियसभा निर्वाचनमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पराजय र सर्वोच्च अदालतले सात जना मन्त्रीलाई तत्काल काम नगर्न -नगराउन जारी गरेको अन्तरिम आदशलगत्तै बसेको मन्त्रिपरिषद् बैठकपछि जसपा नेताहरु र ओलीबीच वार्ता सुरु भएको हो।
संकटमा घेरिएका प्रधानमन्त्री ओलीको बचाउमा उत्रिएमा जसपाले नागरिकता लगायत केही महत्वपूर्ण माग मनाउने कसरत स्वरुप ओली र उनीहरुबीच वार्ता सुरु भएको हो।