
काठमाडौँ- नेकपा एमालेको बिद्रोही पक्षको बैठकमा विपक्षी काँग्रेस र माओवादी केन्द्रका नेताहरु सामेल भएका छन्।
सिंहदरबारस्थित संसद् सचिवालयमा जारी माधव नेपाल पक्षका सांसदहरूको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र माओवादी नेताहरू वर्षमान पुन तथा देव गुरुङ पुगेका हुन्।
बैठकमा जसपाका उपेन्द्र यादव समूहका नेता मोहम्मद इश्तियाक राई बैठकमा सामेल भएका छन्।
बैठकमा सामेल नेपाल पक्षका एक सांसदका अनुसार बैठकमा सामूहिक राजीनामा दिने विषयमा अहिले छलफल भइरहेको छ।