
काठमाडौँ- राष्ट्रपतिले वैकल्पिक सरकार निर्माणका लागि दिएको समयसीमा सकिन साढे दुई घण्टा मात्रै बाँकी रहेका बेला विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसापा)को उपेन्द्र यादव पक्षको बैठक सुरु भएको छ।
सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको काँग्रेस नेता बालकृृष्ण खाँडले जानकारी दिएका छन्।
उनले भने,‘ हामी हतारमा छौँ।सबै विकल्पबारे छलफल हुँदैछ।’
यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललगायत पुगेका थिए। काँग्रेसका एक अर्का सांसदका अनुसार उनीहरु विपक्षी गठबन्धनबाट नयाँ सरकारको दाबी गर्ने तयारीमा छन्।