
काठमाडौँ- वैकल्पिक सरकारको दाबी गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनको बैठकमा सत्तारुढ नेकपा एमालेको असन्तुष्ट पक्ष पनि सामेल भएको छ।
सिंहदरबारमा जारी काँग्रेस, नेकपा(माओवादी) र जसपाको उपेन्द्र पक्षको संयुक्त बैठकमा नेता माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे पनि सामेल भएका हुन्।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव, नेता बाबुराम भट्टराई सहभागि भएको बैठकमा नेपाल र सुरेन्द्र पाण्डे प्रवेश गरेका हुन्।
नेपालले यसअघि सिंहदरबारमै आफू पक्षीय सांसदहरुसँग छलफल गरेका थिए। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन करिव दुई घण्टा मात्रै बाँकी छ।