स्रोतसाधन जुटाउने प्रतिवद्धता

निर्धारित मितिमा चुनाव गराउन निर्वाचन आयोगका पदाधिकारीहरुलाई प्रधानमन्त्रीकाे निर्देशन

निर्धारित मितिमा चुनाव गराउन निर्वाचन आयोगका पदाधिकारीहरुलाई प्रधानमन्त्रीकाे निर्देशन
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूद्वारा निर्धारित मितिमा मध्यावधि चुनाव सम्पन्न गर्न निर्वाचन आयोगलाई दिर्नेशन दिएका छन्।

शनिबार बिहान बालुवाटारमा आयोगका पदाधिकारीहरुलाई बोलाएर चुनाव सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको, त्यसका लागि आवश्यक स्रोतधान जुटाउन र सुरक्षाको व्यवस्था गर्न तयार भएकाले आयोगलाई गम्भीरतापूर्वक चुनावमा लाग्न उनले निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीको निर्देशनपछि आयोगका पदाधिकारीहरुले सरकारद्वारा निर्धारित मितिमा चुनाव गराउन आफूहरु पनि प्रद्धिवद्ध रहेको सुनाएका थिए।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने,‘हामीलाई प्रधानमन्त्रीज्यूले निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाउनु भएको थियो। निर्वाचनका लागि कुनै स्रोतधानको कमि नहुने भएकाले महामारीलाई समेत ध्यानमा राखेर चुनावका लागि आवश्यक प्रक्रिया अघि बढाउनुहोस् भन्नु भएको छ।’

थपलियाका अनुसार दुई चरणमा चुनाव गर्ने भएकाले पहिलो र दोस्रो चरणका कुन कुन ठाउँमा चुनाव गर्दा उपयुक्त हुन्छ त्यसबारे पनि छलफल भएको छ।

उनले भने,‘ चुनावका लागि विद्यमान चुनौति, जटिलताबारे पनि छलफल भयो। ऐन काननुमा पनि हामीहरुको छलफल भयो।’

त्यसक्रममा सम्भव भए एकै चरणमा चुनाव गराउनु उपयुक्त हुनेमा आयोगका पदाधिकरीले सुझाव दिएका थिए।

उनले भने,‘ प्रधानमन्त्री ज्यूलाई निर्वाचन आयोगको काम नै निर्वाचन गर्ने भएकाले प्रचलित कानुन बमोजिम हामीले सरकारले तोकेको मितिमा निर्वाचन गराउन सक्छौँ भनेका छौँ। यसका निम्ति सरकारका तर्फबाट उपयुक्त राजनीतिक वातावरण तयार गर्ने, स्रोतसाधन र सुरक्षाको प्रवन्ध गर्ने र कानुनी जटिलतालाई सहज बनाउने काममा भूमिका खेल्न आग्रह गरेका छौँ। साथै कोरोनाकाबीच हुने भएकाले निर्वाचन मँहगो पनि हुन सक्छ भन्नेमा जोड दिएका छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?