
काठमाडौँ – लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ।
जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका उम्मेदवार दृग नारायण पाण्डेलाई चुनाव चिह्न रूख प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ।
लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचन यही जेठ १७ गते हुने भएको छ।