
काठमाडौँ – ठमेलस्थित समीप इन्टरप्राइजेजका सञ्चालक सुमन लामालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ। बिना इजाजत उत्पादन गरिएको स्यानिटाइजर लुकाइ छिपाइ राखेको सूचनाका आधारमा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि पनि हानिकारक रसायन प्रयोग गरी स्यानिटाइजर उत्पादन गरेको भनी औषधि विभागले उक्त कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो।
यसैगरी, बालाजुस्थित औद्योगिक क्षेत्रमा सञ्चालित एक कम्पनीले हानिकारक स्यानिटाइजर उत्पादन गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ठूलो परिमाण्मा स्यानिटाइजर बरामद गरेको प्रहरीले जनाएको छ।