लुम्बिनीमा चार दलले मागे मुख्यमन्त्री नियुक्ति र सांसदको हस्ताक्षरसहितका कागजात

लुम्बिनीमा चार दलले मागे मुख्यमन्त्री नियुक्ति र सांसदको हस्ताक्षरसहितका कागजात
+
-

बुटवल– लुम्बिनी प्रदेशका विपक्षी चार दलले प्रदेश प्रमुखको कार्यालयसँग मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रिया र उनलाई समर्थन जनाउने सांसदहरुको हस्ताक्षरसम्मका कागजपत्र माग गरेका छन्।

अल्पमतमा रहेका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले प्रभावमा परेर मुख्यमन्त्री नियुक्त गरेको दाबी गर्दै आएका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिँदै त्यस्ता कागजात उपलब्ध गराउन माग गरेका हुन्।

नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्री, नेकपा माओवादी केन्द्रकी सचेतक पार्वती पुन, जसपा सचेतक पुर्मती ढेंगा र राजमो सांसद तारा जीसीले प्रदेश प्रमुखको कार्यालयमा सोमबार निवेदन दिएका छन्।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले डाकेको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र, मुख्यमन्त्री पोखरलले दिएको राजीनामा, पुनः नियुक्ति र चार दलले माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रस्तावसहित बुझाएको कागजपत्र सूचनाको हक सम्बन्धी ऐन २०६४ दफा ३ अनुसार माग गरिएको कांग्रेस सचेतक निर्मला क्षेत्रीले बताइन्।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र एमाले माधव नेपाल पक्षका सांसदको समर्थन नपाउने जोखिम देखेपछि मुख्यमन्त्रीले अविश्वासको प्रस्तावको सामना नगरी पदबाट राजीनामा दिएका थिए।

गत वैशाख १९ गते चार दलको माग अनुसार विशेष अधिवेशन आह्वान भएको भएपनि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको घोषणा गरेर केही घण्टामै बहुमत दावी गरेर पुनः नियुक्त भएका थिए।

पोखरलले आफूसँग बहुमत रहेको दावी गरेपनि विपक्षी दलले ४१ जना सांसदको हस्ताक्षरसहित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका थिए। तर प्रदेश प्रमुखले पोखरेलकै दाबीलाई सदर गर्दै मुख्यमन्त्री बनाएका थिए।

पोखरेल दोस्रो पटक मुख्यमन्त्री नियुक्त नहुँदै प्रदेश सभामा कायम ८३ सांसदमध्ये नेकपाबाट निर्वाचित विमला खत्रीले माओवादी केन्द्र रोजिसकेको सूचना प्रदेश सभामा दर्ता भइसकेको, एमाले सांसद दृगनारायण पाण्डेले राजीनामा दिइसकेको र सूर्य चिन्हबाटै चुनाव जितेका अजय शाही र धर्मबहादुर लाल श्रीवास्तवले माओवादी केन्द्रका कुलप्रसाद केसीको पक्षमा हस्ताक्षर गरेकाले पोखरेलको बहुमत गुमेको थियो।

पोखरेलको पक्षमा जसपाका ४ जनासहित ४१ जना र विपक्षमा सभामुखबाहेक ४२ जना कायम रहेकाले अल्पमतको नेतालाई मुख्यमन्त्री नियुक्त र सपथ गराउनु असंवैधानिक र अलोकतान्त्रिक भएको विपक्षीको तर्क छ। सो तर्क प्रदेश प्रमुखसमक्ष पेश गर्दै यी ४ दलले मुख्यमन्त्रीको रुपमा शंकर पोखरेललाई नियुक्त नगर्न दबाब दिँदै प्रदेश प्रमुख कार्यालयमा धर्ना दिएका थिए।

मुख्यमन्त्रीको रुपमा पोखरेल नियुक्त भएपछि गेटमै धर्नामा बसेका सांसदहरुलाई प्रहरीले बल प्रयोग गरेर हटाउँदै प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालय लगेर पोखरेलको सपथ ग्रहण भएको थियो।

यी घटना र परिघटनाहरुले पोखरेलको नियुक्ति असंवैधानिक रहेको र स्वेच्छाचारी ढंगले अल्पमतको नेतालाई मुख्यमन्त्रीमा नियुक्त र सपथ गराएको भन्दै चार दलले प्रदेश प्रमुखलाई बर्खास्त गर्न मागसमेत गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?