
काठमाडौँ – माधवकुमार नेपालसहित आफ्ना पार्टीका ११ जना सांसदलाई निष्कासन गर्ने निर्णय गरेका नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षकै थप १२ जना सांसदलाई स्पष्टीकरण सोध्ने भएका छन्।
ओली पक्षीय स्थायी कमिटीको सोमबारको बैठकले पार्टी ह्वीप उल्लंघन गरेको र विपक्षीलाई सहयोग गरेको आरोपसहित नेपाल पक्षका थप १२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
ओलीले स्पष्टीकरण सोध्ने सांसदहरुको सूची यस्तो छः
१) विरोध खतिवडा
२) जीवनराम श्रेष्ठ
३) घनश्याम भुसाल
४)सोमप्रसाद पाण्डे
५)कृष्णलाल महर्जन
६)झपट रावल
७)भवानी प्रसाद खापुङ
८)यज्ञ सुनुवार
९)सुरेन्द्र पाण्डे
१०)मेटमणि चौधरी
११)दिपक प्रकाश भट्ट
१२)नारायण खतिवडा