सीमित व्यक्तिको उपस्थितिमा लुम्बिनीमा शान्ति प्रार्थना

सीमित व्यक्तिको उपस्थितिमा लुम्बिनीमा शान्ति प्रार्थना
+
-

बुटवल – कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना गरिएको छ।

लकडाउनका कारण सरकारले तय गरेका मापदण्डअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु/गुरुमा, भिक्षु/भिक्षुणी र लामाहरु उपस्थित भएर बुद्धपूजा र मन्त्रोचारण गरे। त्यसबाहेक कार्यक्रमस्थलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभा सदस्य फखरुद्दिन खान, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीमात्रै सहभागी थिए।

यसअघिका वर्षहरुमा धुमधामका साथ विशेष समारोहको आयोजना गरी बुद्ध पूर्णिमा मनाइने गरेको भएपनि गतवर्ष र यसवर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम आयोजना भएनन्।

महामारीकै कारण कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरेको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए।

उनका अनुसार बेलुका कोरोना महामारी अन्त्य, संक्रमितहरुको स्वास्थ्यलाभ र मृतकहरुको सम्झनामा २५६५ वटा दीप प्रज्ज्वलन गरिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?