
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
उक्त भेटका क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ६ बजेदेखि साढे ८ बजेसम्म छलफल भएको स्रोतले बताएको छ।
संसद विघटनबिरुद्ध विपक्षी दलहरुको राजनीतिक र कानुनी दबाबका कारण राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दबाबमा छन्।