कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा सातदिने लकडाउन घोषणा

कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा सातदिने लकडाउन घोषणा
+
-

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा ११ वटा नयाँ कोरोना संक्रमित भेटिएपछि बिहीबार मध्यरातपछि लागु हुने गरि सातदिने लकडाउनको घोषणा राज्य सरकारले गरेको छ ।

नयाँ संक्रमित थपिएसँगै हालसम्म राज्यमा ३४ जनामा कोरोना संक्रमणको ‘एक्टिभ’ केस रहेको र तीमध्ये एकजना आइसियुमा भेन्टिलेटरको सहायताले उपचार गरिरहेको समेत भिक्टोरिया सरकारले जनाएको छ ।

लकडाउन अवधिभर घरबाहेक सबै ठाउँमा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यक कामदारका बालबालिकालाई हेरचाह गर्न मात्र विद्यालय र चाइल्ड केयरहरू खुल्नेछन् भने पढाइ अनलाइन माध्यमबाट हुनेछ ।

लकडाउनमा अत्यावश्यक सामग्रीका पसलहरू जस्तै सुपरमार्केट, फार्मेसी, पेट्रोल स्टेसन, बैंक आदि खुल्ला रहनेछन् भने रेष्टुरेन्ट, क्याफे, पबहरूले ‘टेक–अवे’ अर्थात किनेर लैजान मात्र अनुमति पाउनेछन् ।

त्यसैगरि भिक्टोरियावासीले केवल पाँच कारणले मात्र आफ्नो घरबाट बाहिर निस्कन पाउनेछन् । तीन हुन्, खानेकुरा किन्न, बालबालिकाको हेरचाह गर्न वा गराउन, स्वीकृति लिएको काम गर्न, व्यायाम गर्न र खोप लगाउन ।

व्यायाम गर्न र सपिङ गर्न घरबाट पाँच किलोमिटरभन्दा टाढा जान पाइने छैन भने व्यायाम गर्ने एकजना मात्र साथी लान पाइनेछ ।

मृत्यु संस्कारमा १० जनासम्म जान पाउनेछन् । विवाह लगायतका कार्य पनि रोक्न भनिएको छ भने धार्मिक क्रियाकलापमा पाँच जनासम्म सहभागी हुन पाउनेछन् ।

लकडाउन सम्बन्धी जानकारी दिँदै राज्यका कार्यवाहक प्रिमियर जेम्स मेरलिनोले गएको २४ घण्टाको नतिजाले गर्दा राज्यमा लकडाउन गर्ने निर्णय गरिएको बताए ।

‘यदि हामीले अहिले गलत विकल्प अहिले लियौँ र लामो समय पर्खियौं भने यो चीज हामीबाट फुत्किसकेको हुनेछ ।’ उनले भने, ‘विज्ञहरूले सात दिने लकडाउन लगाउन आवश्यक रहेको सल्लाह दिएका थिए ।’

भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सुटनले अधिकारीहरूले कोरोना भाइरसको अति संक्रामक बी–१६१ भेरिएन्टसँग जुध्नुपरेको जानकारी दिए ।

‘यदि हाम्रो कुनै सदस्यलाई संक्रमण भयो भने लगभग सबै परिवारलाई यसको संक्रमण सर्दछ । यो एकदमै छिटो सर्छ जसले केसहरू तीव्र गतिमा वृद्धि गर्दछ’ सुटनले भने ।

राज्यमा गएको २४ घण्टामा ४० हजार ४ सय ११ परीक्षण गरिएको थियो । यस्तै १२ हजार ६ सय ७७ जनाले कोभिड विरुद्धको खोप यो अवधिमा लगाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?