
बुटवल- रूपन्देहीको कञ्चन गाउँपालिकाकी एक नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कञ्चन गाउँपालिकास्थित बुद्धनगरकी ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्थानीय ५३ वर्षीय हेमलाल गन्धर्व पक्राउ परेका हुन्।
११ जेठ दिउँसो १ बजे बालिकालाई घरमा कोही नभएको मौका छापेर गन्धर्वले जवर्जस्ती करणी गरेको आरोप परिवारको छ।
बालिकाका आमाबुवा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले जबरजस्ती करणी गरेको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।
बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको छ। गन्धर्वलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता थापाले बताए।