कमेडियन मिश्राले डा. सिंहको चरित्रहत्या गरेको चिकित्सक संघको जिकिर

कमेडियन मिश्राले डा. सिंहको चरित्रहत्या गरेको चिकित्सक संघको जिकिर
+
-

काठमाडौँ – नेपाल चिकित्सक संघले कमेडियन आदर्श मिश्रालाई नारायणी अस्प्तालमा कार्यरत डा. निरज सिंहको नाम जोडी गलत सूचना र खबर सम्प्रेषण नगर्न आगह्र गरेको छ।

शुक्रबार एक विज्ञप्तिमार्फत संघले डा. सिंहको सामाजिक सञ्जालमार्फत गाली गलौज र सार्वजनिक बेइज्जत गरेकाले सो कार्य गर्ने मिश्रालाई कानुनी दायरामा ल्याई कारबाही गर्ने भन्दै सामाजिक सञ्जालमार्फत गलत समाचार हटाउन आग्रह गरेको छ।

संघले महामारीका बेला आफ्नो ज्यान जोखिममा राखी बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीलाई सार्वजनिक सञ्जालमा चरित्रहत्या नगर्न ध्यानाकर्षण गराएको छ।

यसअघि सातामा दुईपल्ट डायलासिस गर्नुपर्ने बिरामीलाई यो वर्ष नारायणी अस्पतालले डायलासिसको समय घटाएकाले आफ्ना पिता विनोद मिश्राको मृत्यु भएको आरोप आदर्शले लगााएका थिए। उनको पिताको मंगलबार निधन भएको हो।

चिकित्सक संघले भने आदर्शका पिता जेठ १० गते डायलाइसिस गरी सकुशल घर गएको र रातमा ज्वरो आई उपचारको क्रममा जेठ १२ गते मृत्यु भएको जनाएको छ।

गएको वर्ष लकडाउनको समयमा पनि आदर्शले डायलासिस गर्न जाँदा प्रहरीले दुर्व्यवहार गरेको बारेमा विरोध गरेका थिए।

यो वर्षको लकडाउनमा पनि आदर्शले उनका पिता लगायत धेरै मृगौला सम्बन्धी रोगले पीडितलाई समस्या परिरहेको बारेमा आफ्नो सामाजिक सञ्जालका एकाउन्टमार्फत जानकारी गराइरहेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?