सेयर बजार परिसूचकमा नयाँ रेकर्ड

बजेटले लाभकर बढाए पनि सेयर बजारमा आकर्षण कायमै, एकैदिन १७ अर्बको कारोबार

बजेटले लाभकर बढाए पनि सेयर बजारमा आकर्षण कायमै, एकैदिन १७ अर्बको कारोबार
+
-

काठमाडौँ – साताको पहिलो कारोबार दिन बिहीबार तीव्र उतार–चढावबीच सेयर बजार कारोबार रकम र बजार परिसूचक दुवैमा नयाँ रेकर्ड बनेको छ।

गत बिहीबार २८१५.४० अंकमा बन्द भएको नेप्से आइतबार १२.५४ अंकले बढेर २८२७.९३ अंकमा बन्द भएको छ ।

जेठ ११ गते मंगलबार २८२३.०७ अंकसम्म पुगेको नेप्सेमा बुधबार र बिहीबार सामान्य करेक्सन भएको थियो।

गत साता मात्रै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सट ट्रम ट्रेडिङमा रोक लगाएको तथा लघुवित्तको सेयर खरिदमा प्रतिबन्ध लगाएको छ।

त्यस्तै, शनिबार आएका आर्थिक अध्यादेशले सेयर बजारमा १ वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्नेलाई लाभकरसमेत बढाएको छ ।

यसले सेयर बजारमा नकारात्मक प्रभाव पर्ने अनुमानविपरीत बजारले एकपछि अर्को रेकर्ड बनाउँदै गएको छ।

बजार परिसूचकमा मात्रै नभएर कारोबार रकम पनि बढ्दै गएको छ । सेयर बजारमा नेप्सेले मात्रै नभएर कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ।

गत बिहीबार १४ अर्ब ७६ करोडको कारोबार भएको बजारमा आइतबार उक्त रेकर्ड ब्रेक गर्दै १७ अर्बको कारोबार भएको छ।

४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा आज नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजारको कारोबार भएको छ। जुन नेप्सेमा एकै कारोबार दिनमा भएको सबैभन्दा उच्च कारोबार हो। यसअघि, जेठ १३ गते बिहीबार १४ अर्ब ७६ करोड ८ लाख ८ हजारको कारोबार भएको थियो । ४ करोड १ लाख १३ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो।

आइतबार प्रि–ओपन सेसनमा २० अंकले बढेर भएर २८३६.११ अंकमा खुलेको थियो।

दिनभर जस्तो उतारचढाव कायम भएको बजारमा ‘इन्ट्रा–डे’ कारोबारमा २८५४.८० अंकको उच्च बिन्दुमा पुग्दा २८१४.७२ अंकसम्म झरेको थियो ।

राष्ट्र बैंकको निर्देशनले लघुवित्तको सेयर घट्ने क्रम भने चलिरहेको छ।

यस्तै, विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीलाई बैंकको ऋण तिर्न हकप्रद जारी गर्न दिने तयारी गरेको चर्चाले गर्दा लगानीकर्ता जलद्यिुत् कम्पनीको सेयर किन्ने ओइरिएका छन्।

जसले गर्दा गत साताको अन्तिम कारोबार दिन उच्च दरमा बढेको र आइतबार पनि सुरुवाती समयमा उच्च दरमा बढेको जलविद्युत् उपसूचक अन्तिममा भने लगानीकर्ता नाफा बुक गर्दा सामान्य करेक्सन भएको छ।

तर, कारोबार रकममा भने जलविद्युत् कम्पनी नै अगाडि छन् । आइतबार नेप्सेमा अन्य उपसूचक सर्वाधिक २.४९ प्रतिशतले करेक्सन हुँदा लघुवित्त उपसूचक १.३७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.०२ प्रतिशतले करेक्सन भएको छ।

विकास बैंक उपसूचक भने सर्वाधिक ७.३९ प्रतिशतले बढेको छ। त्यस्तै, वित्त कम्पनी उपसूचक ५.०८ प्रतिशत, होटल तथा पर्यटन उपसूचक ४ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ३.८७ प्रतिशतले बढेको छ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा म्युचुअल फन्डलाई कर छुटको घोषण गरेसँगै म्युचुअल फन्टमा आकर्षण बढेको हो।

आइतबार कारोबार रकमको नेतृत्व जलविद्युत् कम्पनीले गरेका छन् । धेरै कारोबार हुने शीर्ष १० कम्पनीमा ९ वटा हाइड्रोपावर छन् । नेप्सेमा नेशनल हाइड्रोपावरको सवार्धिक ४७ करोड ४० लाख ९० हजारको कारोबार भएको छ।

यस्तै, अरुण कावेली पावरको ४६ करोड ९२ लाख ६४ हजार, र युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लाख ४५ हजार र बुटवल पावर कम्पनीको ४१ करोड २८ लाख ५७ हजारको कारोबार भएको छ।

नेप्सेमा २० कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ। अधिकांश विकास बैंकको सेयर मूल्य बढेर सर्किट लभेलमा बन्द हुँदा केही हाइड्रोपावर वित्त कम्पनीसहित २ होटलको सेयर मूल्य पनि सर्किट लेभलमा बन्द भएको छ।

सेयर मूल्य घट्नेमा भने जलविद्युत् कम्पनीको वर्चस्व रहेको छ। बरुण जलविद्युत कम्पनीको र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा माथिले घटेको छ।

यस्तै, मिथिला लघुवित्त र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ५ प्रतिशतभन्दा माथिले घटेको छ। आइतबार कारोबारमा आएका ९९ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको सेयर मूल्य घटेको छ। तीन वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?