
काठमाडौँ– कोटेश्वरको नरेफाँटबाट बाइक र स्कुटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोटेश्वर प्रहरी बिटका प्रहरी निरीक्षक सुरेशराज भट्ट नेतृत्वको टोलीले वीरगञ्ज पर्वानिपुर स्थायी घर भई काठमाडौँ नरेफाँट बस्ने वर्ष १८ को विकास थापा मगर र वर्ष २१ को विशाल थापा मगरलाई पक्राउ गरेको छ ।
बाइक चोरी धन्दा गर्दै आएका दुबै जनालाई अनुसन्धान गर्दै जाँदा भक्तपुर र ललितपुरबाट चोरीगरि नरेफाटको डेरामा लुकाएर राखिएका चार वटा बाइक र दुई वटा स्कुटर बरामद गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान भैरहेको र समातिएका बाइक, स्कुटर सम्बन्धित ब्यक्ति पहिचान गरी बुझाइने प्रहरी निरीक्षक भट्टले बताए ।