काठमाडौँ – ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनी र भाजुरत्न ट्रेडिङ कम्पनीले कोभिडविरुद्ध लड्न विभिन्न क्षेत्रमा २ करोड रुपैयाँ सहयोग गरेको छ।
ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ प्रदान गरेको जनाएको छ ।
सहयोगकै क्रममा क्रियसन नेपाल लाई ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिन्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर हेल्थी नेसन फाउन्डेसनलाई ७ लाख७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस सहयोग उपलब्ध गराएको जनाएको छ।
यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पेपर सुट प्रदान गरेको छ।
जर्मन अक्सिजन प्लान्टका लागि एनबीआई नेसनल बिजनेस इनिसियटिभलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभएयरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गोसहित कुल १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ।