संसद विघटनको निर्णय ओलीले फिर्ता लिए पार्टीको एकता सम्भावना जिवित रहन्छ – माधव नेपाल

संसद विघटनको निर्णय ओलीले फिर्ता लिए पार्टीको एकता सम्भावना जिवित रहन्छ  – माधव नेपाल
+
-

काठमाडौँ- दुई धारमा परिणत भइसकेको नेकपा एमाले एकताका लागि पछिल्लो समय प्रयास भइरहेको नेताहरुले दाबी गरिरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट निस्काशन गरेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीविरुद्धको हस्ताक्षर आफूले फिर्ता नलिने बरु उनले संसद विघटनको निर्णय फिर्ता लिनुपर्ने अडान लिएका छन्।

बुधबार देशसञ्चारसँग नेता नेपालले आफूहरुले ओलीविरुद्ध गरेका हस्ताक्षरहरु फिर्ता हुने कुनै सम्भावना नभएको भन्दै बरु ओलीले लिएको संसद विघटनको निर्णय फिर्ता लिनुपर्ने अडान आफूहरुको भएको सुनाएका छन्।

उनले भने,‘बाहिर प्रचार गरिए जस्तो हामीले ओलीविरुद्धको हस्ताक्षर फिर्ता लिने कुनै पनि सम्भावना छैन। बरु केपी ओलीले संसद विघटनको गलत निर्णय लिएँ भनेर स्वीकार गर्नुपर्छ। जनतासँग माफी माग्नुपर्छ।’

नेपालले ओलीले संसद विघटनको निर्णय फिर्ता लिएमा र उक्त निर्णयलाई लिएर सार्वजनिक रुपमा आत्मलोचना गरेको खण्डमा मात्रै पार्टी एकताका प्रयासले सार्थकता सार्थक हुने बताए।

यस्तै नेपालले आफूहरुलाई पार्टी साधारण सदस्यबाट निकाल्ने ओलीको अवैधानिक निर्णय फिर्ता नभएसम्म पार्टी एकताका लागि भन्दै गरिएका वार्ताको कुनै औचित्य नभएको पनि बताए।

उनले भने,‘ शक्ति प्रदर्शनका नाममा भएका कारवाहीका निर्णयहरु फिर्ता नभएसम्म एकताका लागि भन्दै वार्ता भएको भन्दै प्रचार गर्नुको कुनै औचित्य छैन।’

ओलीले जेठ १० गते नेता नेपाल, कार्यदलका उनी पक्षीय नेता भीम रावल सहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरे यता खासगरी उनी पक्षीय भनिएका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले ओली पक्षीय नेताहरुसँग वार्ता गरिरहेका छन्।

उनीहरुबीच सोमबार राती याक एण्ड यति होटलमा चार घण्टा लामो वार्ता भएको थियो। बुधबार ओली निकट महासचिव ईश्वर पोखरेलसँग नेता योगेश भट्टराईले सिंहदरबारमा वार्ता गरेका थिए।

नेता नेपालले आफूहरुमाथि कारवाही भइसकेपछि कार्यदल भंग भएको अवस्थामा भएका एक्लाएक्लै वार्तालाई वैधानिकता दिन नसकिने बताए।

यसअघि बुधबार उनले आफू पक्षीय जनसंगठनहरुको ‘भर्चुअल’ भेलामा ओली सच्चिने आधारहरु तयार नभएकाले उनको भर पर्न नहुने बताएका थिए।  उनले पार्टी एकताका नाममा पछिल्लो पटक भएका एक्लाएक्लै वार्ताबाट कुनै पनि नतिजा नआउनेमा आफू ढुक्क रहेको बताएका थिए।

नेपालले पछिल्लो पटक विकसित राजनीतिक मामिलामा समिक्षा गर्न बिहीबार ११ बजे आफू पक्षीय स्थायी कमिटीको भर्चुअल बैठकसमेत बोलाएका छन्

यो पनि पढ्नुहोस्

ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेट

ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेट

एमाले स्थायी कमिटी बैठक स्थगित

एमाले स्थायी कमिटी बैठक स्थगित

एमाले न जुट न फुट, एकता प्रयास पनि आलोचित

एमाले न जुट न फुट, एकता प्रयास पनि आलोचित

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?