
काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘डिजिटल सिटिजन’अभियानअन्तर्गत अनलाइन बिमा दाबी सेवा शुभारम्भ गरेको छ ।
यस सुविधामार्फत अबदेखि सेवाग्राहीले बीमा दाबी गर्नका लागि कम्पनीको कार्यालयमै गइराख्नु पर्दैन।
इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बिमा दाबी प्रक्रिया पूरा गर्न सकिनेछ।
कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाइनबाट दाबीसम्बन्धी आवश्यक कागजपत्र अपलोड गरी सजिलै दाबी प्रक्रिया अगाडि बढाउन सकिन्छ।
सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेस गर्ने प्रक्रिया चाँडो हुने र जसले गर्दा बिमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ।
सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’अभियानअन्तर्गत अनलाइनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि एक वर्षदेखि सञ्चालित छ।
ग्राहक तथा अभिकर्तालाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने क्रममा ‘डिजिटल सिटिजन’अभियानअन्तर्गत कम्पनीले आगामी दिनमा पनि अरू थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवा प्रचलनमा ल्याउने योजनासमेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिए।
यसका साथै कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी घरमै बसेरबीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि ई–सेवा, फोनपे, कनेक्ट आईपीएसलगायत डिजिटल बैकिङ सुविधा र कम्पनीको बैंक खाता उपलब्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैँले हेर्न मिल्ने पोर्टलसमेत प्रचलनमा ल्याएको छ।