घरबाटै ई–सेवामार्फत राजस्व भुक्तानी गर्न सकिने

घरबाटै ई–सेवामार्फत राजस्व भुक्तानी गर्न सकिने
+
-

काठमाडौँ – घरमै बसेर ई–सेवामार्फत सहजै कर तथा राजस्व भुक्तानी गर्न सकिने भएको छ। पुसदेखि करदाताले आन्तरिक राजस्व कार्यालयको राजस्व ई–सेवाबाटै भुक्तानी दाखिला गर्न सक्ने सेवा सुरु भएको थियो।

ई–सेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सक्नेछन्।

ई–सेवा एकाउन्ट नभएका व्यक्तिले पनि नजिकै रहेका ई–सेवा जोन तथा ई–सेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ।

यो सुविधाबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झन्झटबाट मुक्ति मिलेको छ भने कोभिडको जोखिम नहुने कम्पनीले जनाएको छ।

वैशाखमा निषेधाज्ञाका माझ अनलाइनबाट कर बुझाउनेको संख्या बढेको ई–सेवाको भनाइ छ। कम्पनीका अनुसार वैशाखमा ई–सेवामार्फत कर बुझाउनेको संख्या नियमितभन्दा २५ प्रतिशत बढी थियो। जुन जेठमा अझ बढेको कम्पनीले जनाएको छ।

ल्यान्डलाइनको बिल, बिजुलीको बिल, खानेपानीको बिल, जहाजको टिकट, खेलकुद प्रतियोगिताको टिकट, पेट्रोल पम्प देखि विद्यालयको शुल्क पनि अनलाइन माध्यमबाटै तिर्न सकिने सुविधा दिएको ई–सेवाले पछिल्लो समय सरकारी निकायलाई गर्नुपर्ने भुक्तानीलाई पनि अनलाइनमार्फत सेवा दिएको छ।

ई–सेवामार्फत कर बुझाउँदा आन्तरिक राजस्व कार्यालयको करदाता पोर्टलमा गई बायाँतर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्सपेयर लगइनमा क्लिक गर्नुपर्ने बताइएको छ।

त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखी अघि बढ्नुपर्ने र त्यसपछि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्ने छ।

त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेस्ट बैंक वा राष्ट्रिय वाणिज्य बैंक राखी आफूले बुझाउन चाहेको करको प्रकार, राजस्व शीर्षक र करबापतको रकम उल्लेख गर्नुपर्नेछ।

सो काम गरिसकेपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्छ। उक्त ट्रान्जेक्सन कोड टिपेपछि ई–सेवामा क्लिक गरी ई–सेवाको वेबसाइट खोल्नुपर्नेछ ।

त्यसपछि गभर्मेन्ट पेमेन्टमा रहेको इन्ल्यान्ड रेभिन्यु डिपार्टमेन्टमा क्लिक गर्नुपर्छ। त्यसपछि आफूले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिन्छ।

आफूले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपछि पूरा भएको देखिने कम्पनीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?