
अ
+
अ
अ
-
काठमाडौँ– नेकपा एमाले माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ।
बिहीबारदेखि दुई दिनसम्म चलेको भर्चुअल बैठकमा निस्किएको निष्कर्षसहित यो खेमाले शनिबार प्रेस वक्तव्य जारी गर्ने भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग सँगै बस्ने अवस्था समाप्त भएकाले तत्काल पार्टी पुनर्गठन गर्नुपर्ने माग बलियो रुपमा उठेको छ।
तर केही नेताहरुले पार्टी एकताको प्रयास जारी रहेकाले तत्काल पार्टी पुनर्गठन गर्न नहुने सुझाव दिएका छन्। बैठकमा सय भन्दा बढी केन्द्रीय सदस्यहरु सामेल भएको नेता जघन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार बैठकमा अनेक कोणबाट छलफल भएपनि साँझा निष्कर्षमा सबै नेताहरु पुगेका छन्। ओली पक्षको निर्देशनबिपरीत यो बैठक आयोजना गरिएको थियो।