नेपालनिकट १८ संगठनले भने- महतोको अभिव्यक्ति अखण्डताविरुद्ध

नेपालनिकट १८ संगठनले भने- महतोको अभिव्यक्ति अखण्डताविरुद्ध
+
-

काठमाडौँ– उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले २१ जेठमा नेपालको संविधानअनुसार शपथग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा दिएको संविधान विरोधी अभिव्यक्तिप्रति नेकपा (एमाले) आबद्ध १८ जनसंगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेतासमेत रहेका उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गर्ने क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने बताएका थिए।

‘यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान विरुद्धमा छ’, नेकपा (एमाले) आबद्ध १८ जनसंगठनद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त अभिव्यक्ति संविधानको प्रस्तावना र धारा–३ विपरीत रहेको संगठनहरुले जनाएका छन्। संधिानको मर्म विपरीत कुनै पनि काम नगर्ने शपथ खाएर संविधान कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यसप्रकारको संविधानविरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै विडम्बनापूर्ण रहेको संगठनको भनाइ छ।

‘संविधानको मूल मर्मविरुद्ध आएको यस अभिव्यक्तिको घोर भत्र्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

नेपालको संविधानको प्रस्तावनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन’ गर्ने उल्लेखित छ।

यसैगरी, संविधानको धारा–३ मा प्रस्ट भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।’

‘संविधानको यी मर्म र धाराबारे उपप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्ति अवश्य पनि बेखबर हुनुहुन्न। पछिल्ला घटनाक्रम र गतिविधि हेर्दा यो अभिव्यक्ति ‘विविधताबीचको एकता, सहिष्णुता र सद्भाव बिथोलेर राष्ट्र विखण्डन गर्ने’ सचेत तर कुत्सित र दूषित मनसायबाट आएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा जनाइएको छ।

पछिल्ला घटनाक्रम र यो अभिव्यक्तिबीच गहिरो तालमेल रहेको संगठनको ठहर छ।

‘हामीलाई लागेको थियो, आफ्नो मन्त्रिपरिषद्को उपप्रधानमन्त्री महतोबाट आएको यस प्रकारको संविधानविपरीत अभिव्यक्तिपछि प्रधानमन्त्री केपी ओलीले ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान’को पक्षमा प्रतिबद्धता व्यक्त गर्नुहुनेछ। हामीलाई विश्वास थियो, प्रधानमन्त्री ओली आफ्नो संविधानको मूल्य र संविधानप्रतिको आफ्ना पूर्व अडानहरूबाट विचलित हुनुभएको छैन’, विज्ञप्तिमा उल्लेख छ।

यो मौनता र अनभिज्ञताले विश्वासलाई खण्डित गरिरहेको भन्दै यसप्रति संगठनले खेद प्रकट गरेको छ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान रक्षाका निम्ति सचेत र जागै रहन सम्पूर्ण नेपाली जनसमुदायसँग नेकपा (एमाले) आबद्ध १८ जनसंगठनले सामूहिक अपिलसमेत गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?