१२ साताभित्र भए पनि दोस्रो चरण खोप लगाउने सरकारको योजना

१२ साताभित्र भए पनि दोस्रो चरण खोप लगाउने सरकारको योजना
+
-

काठमाडौँ – पहिलो चरणमा खोप लगाएका तर दोस्रो चरणको खोप लगाउन बाँकी रहेका नागरिकहरुलाई धैर्यता राख्न आग्रह गर्दै सरकारले १२ साताभित्र भए पनि दोस्रो चरणको खोप लगाउने योजना रहेको सार्वजनिक गरेको छ।

गत वर्ष फागुन २३ देखि चैत १० गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनेहरूको दोस्रो मात्रा लगाउने समय भइसकेको तर सिरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता भई अग्रिम भुक्तानी भइसकेको र कोभ्याक्स फ्यासिलिटीबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रका आधारमा दोस्रो मात्राको सुनिश्चितता गरिएको थियो। तर, भारत सरकारको खोपको निर्यातसम्बन्धी निर्णयले सिरम इन्स्टिच्युट अफ इन्डिया कोभ्याक्स फ्यासिलिटी दुवैले (एउटै स्रोत) खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा उक्त मात्रा दिन नसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

यद्यपि खोप आयातको चरणमा रहेकाले धैर्यता राख्न सरकारले सर्वसाधारणसँग आग्रह गरेको हो।

 

 

उक्त खोपको विकल्पमा एउटै प्रकृतिको Astrazeneca खोप नेपाललाई प्राप्त भएपछि १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राको रूपमा लगाउने व्यवस्था मिलाइने भएकाले धैर्यतासाथ प्रतिक्षारत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

‘खोपको पहिलो मात्राले पनि कोभिड–१९ रोगबाट बचाउन मद्दत गर्छ। रोकथामका अन्य जनस्वास्थ्यका उपायको पालना कडाइसाथ निरन्तर गर्नुहुनसमेत अनुरोध छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाबाट प्रेषित विज्ञप्तिमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?