
काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकले कोरोना महामारीविरुद्ध केन्द्रदेखि स्थानीय तहसम्म अभियानात्मक रुपमा संघर्षमा सहभागी हुने निर्णय गरेको छ।
सोहीअनुरुप सोमबार विभिन्न श्रोतबाट प्राप्त सहयोग सामग्री वितरण गरिएको पुष्ष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा जनाइएको छ।
उनका अनुसार मित्रराष्ट्र चीनबाट सहयोगस्वरुप प्राप्त सामग्री वितरण गरिएको हो।
‘स्वास्थ्य सामग्रीका लागि सहयोग राशि जुटाइदिने मित्रराष्ट्र चीन, प्रवासमा संगठित नेपाली जनप्रगतिशील मञ्च तथा त्यसमा आबद्ध सबै सहयोगदाता एवं स्वास्थ्य विभाग तथा संगठनमा सम्बद्ध सबै सहयोगी महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ’ प्रेस वक्तव्यमा उल्लेख छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोरोना महामारीको यस विषम परिस्थितिमा आम जनस्वास्थ्यमा गम्भीरतापूर्वक ध्यान पऱ्याउन सबन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै आमनेपाली दिदीबहिनी दाजुभाइहरुको सुस्वाथ्यको लागि हार्दिक शुभेच्छासमेत व्यक्त गरेका छन्।