
अ
+
अ
अ
-
काठमाडौँ- नेकपा एमालेका नेता एवं नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठ असन्तुष्ट पार्टी उपाध्यक्ष बामदेव गौतमलाई फकाउन उनको निवास भैँसेपाटी पुगेका छन्।
स्रोतका अनुसार केहीबेर अघि महासेठ भैँसेपार्टी पुगेका हुन्। अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको विवाद वारपारको स्थितिमा पुगेका बेला पार्टीमा टठस्थ बसेको दाबी गरेका गौतमलाई फकाउन भैँसीपाटी गएका हुन्।
तर गौतमलाई पार्टी एकताको प्रयास अन्तिम समयसम्म गर्ने, पार्टी विभाजन भएका खण्डमा नेपालको पक्षमा उभिने दाबी गरेका बेला उनलाई आफ्नो पक्षमा ल्याउन ओलीले महासेठलाई खटाएका हुन्।