
काठमाडौँ- कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमालेलाई विभिन्न सामग्री उपलब्ध गराएको छ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ती सामग्री स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीले सहयोग स्वरुप प्रदान ३० थान हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) , १ लाख सामग्री एन–नाइन्टी फाइभ मास्क उपलब्ध गराएको छ।
यसअघि पोखरेलले नेपालका अन्य राजनीीतक दलका नेताहरुसँगै भएको भर्चुअल बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई खोप सहित स्वास्थ्य सामाग्री सहयोग गर्न अनुरोध गरेका थिए।