
काठमाडौँ – संसद्बिरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको छ।
आफ्ना पार्टीका नेताहरूसँग निरन्तर छलफलमा रहेका ओलीले बुधबार साँझ करिब २ घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका शीतल निवास स्रोतले जनाएको छ।
स्रोतका अनुसार साढे ७ बजे शीतलनिवास छिरेका ओली ९ बजेर ५५ मिनेटमा बाहिरिएका थिए। ओलीको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते अनुमोदन गरेकी थिइन्।