भर्चुअल विश्व निर्माण प्रक्रियालाई गति दिँदै ओपो

भर्चुअल विश्व निर्माण प्रक्रियालाई गति दिँदै ओपो
+
-

काठमाडौँ – स्मार्ट फोन ओपोले रियल टाइमले सञ्चालित आफ्नो नवनिर्मित एआर एप्लिकेसन साइबरियल स्थानिक कम्प्युटिङ प्रविधि सार्वजनिक गरेको छ।

आफ्नै इनहाउस एआई इन्जिनको प्रयोगमार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाइ प्रदान गरेको हो।

ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिनेसम्म समग्र प्रक्रियामा विश्वसनियताका साथै सहजता पनि प्रदान गर्ने बताएको छ।

ओपोको साइबरियल प्रविधिले यो प्रक्रियामा बृहत् सहजता भित्र्याएको छ। पहिलो पटक ओपो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षणबिनै स्मार्टफोनमार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रतिकृतिको निर्माण गर्न सक्षम भएका छन्।

स्क्यानिङ तथा डाटा संकलन गर्दै ओपो स्टाफ्स

निरन्तर विकसित एआई इन्जिनद्वारा सञ्चालित यो एप्लिकेसनले बृहत् फ्ल्यागसिप स्टोर्सका थ्रिडी नमुना मात्र केही घण्टामै तयार गर्ने क्षमता राख्छ।

यो एआई प्ल्याटफर्मले एक घण्टामा स्क्यान गरिएका १२ हजार तस्बिर प्रोसेस गर्न सक्ने कम्पनीले जनाएको छ।
यो पछिल्लो संस्करणसँग तुलना गर्दा ४ गुणा तीव्र गति हो। यसरी स्क्यान गरिएका इन्टेरियर्समार्फत एप्लिकेसनले सहज रूपमा सटीक तथा तत्सम् थ्रिडी रिकन्स्ट्रक्सन गर्ने क्षमता राख्छ।

ओपोको एआर एडिटिङ टुलमार्फत स्टाफले आफ्नो आवश्यताअनुसार एआर विषय वस्तु एडिट गर्दै अझ रोमाञ्चक एआर वातावरण निर्माण गर्न सक्छन्।

ओपोको स्वामित्वमा रहेको आरएलओसीएस (रिट्रिभल एण्ड लोकलाइजेसन विथ अब्जर्भेसन कन्स्ट्रेन्ट्स) मिज्युअल पोजिसनिङ अल्गोरिथमले भित्री स्थितिको सटिकतालाई सेन्टिमिटर्स लेभलमा झार्न सघाएको छ।

यो अल्गोरिथमको विकास डिपार्टमेन्ट अफ इन्टेलिजेन्ट पर्सेप्सन एन्ड इन्ट्र्याक्सनको एक समूहले गरेको हो।

यसको शैक्षिक प्रयोग पनि व्यापक रुपमा गरिन थालिएको छ। सन् २०२०को युरोपियन कन्फरेन्स अन कम्प्युटर भिजन (ईसीसीभी) र कम्प्युटर भिजन एन्ड प्याटर्न रिकग्निसनकन्फरेन्स (सीभीपीआर २०२०)माउक्त समूहले लंगटर्म लोकलाइजेशन श्रेणीमा दोस्रो स्थानको दुई अवार्ड हात पारेको थियो।

प्रयोगकर्तालाई वास्तविक इमर्सिभ एआर अनुभव प्रदान गर्न ओपोले ६डीओएफ एस्टिमेसनको प्रयोग गरेको छ। यसले गर्दा प्रयोगकर्तालाई कुनै पनि एंगल वा पोजिसनको भ्यू(दृष्टि) प्राप्त हुन्छ।

प्रयोगकर्ताले लक्षित वस्तुको चारैतिर गोलाकारमा घुम्न सक्छन्, बर्ड्स(आई भ्यूका लागि निहुरिन तथा तलबाट माथिको दृश्यका लागि थचक्क बस्न पनि सक्छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?