सर्वोच्चद्वारा ओलीलाई अर्को धक्का, महाधिवेशन आयोजक कमिटीबाट कारबाही गर्न रोक

सर्वोच्चद्वारा ओलीलाई अर्को धक्का, महाधिवेशन आयोजक कमिटीबाट कारबाही गर्न रोक
+
-

काठमाडौँ – सर्वोच्च अदालतले केपी ओलीद्वारा गठित नेकपा एमालेका दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अधिकारलाई संकुचन गरिदिएको छ।

गत वैशाख ७ गते आफू पक्षीय नेता केन्द्रीय सदस्यहरुको भेला राखेर ओलीले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएको घोषणा गरेका थिए।

उक्त महाधिवेशन आयोजक कमिटीले सामान्य अवस्थाको कमिटीझैँ नेताहरुमाथि प्रष्टीकरण सोध्ने कारबाही गर्ने जस्ता काम गर्दै आएकामा बिहीबारको सर्वोच्चको आदेशले त्यसलाई रोकिदिएको छ।

पार्टी सदस्यहरुमाथि प्रष्टीकरण सोध्न र उनीहरुलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गर्ने अधिकार आयोजक कमिटीलाई नहुने व्यााख्या न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गरेको छ। आदेशको आशय महाधिवेशन आयोजक कमिटीलाई महाधिवेशनसँग सम्बन्धित काम मात्रै गर्ने अधिकार रहने भन्ने देखिन्छ।

नेकपा एमालेको कर्णाली प्रदेशका प्रदेशसभा सदस्य प्रकाश ज्वालासहित चार जनालाई प्रदेशसभा सदस्यबाट निश्कासन गरेको निर्णयको विरुद्धको रिटमा सर्वोच्चले यस्तो अन्तरिम आदेश दिएको हो।

बिहीबारको अदालतको आदेशले केन्द्रमा माधवकुमार नेपाल पक्षसहित ११ जनामाथि गरिएको कारबाहीको वैधानिकतामाथि पनि प्रश्न उठ्ने देखिएको छ।

नेपाल पक्षलाई तह लगाउन कारबाहीको डण्डा चलाउँदै आएका ओलीलाई सर्वोच्चको यो आदेशले असजिलो पार्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?