आफ्नो नाम नभएको भन्दै उपाध्यक्षले फोडिन् शिलालेख

आफ्नो नाम नभएको भन्दै उपाध्यक्षले फोडिन् शिलालेख
+
-

बुटवल– रुपन्देहीको मर्चवारी गाउँपालिकामा बनेको झोलुंगे पुलको शिलालेखमा आफ्नो नाम नभएको भन्दै उपाध्यक्षले तोडफोड गरेकी छिन्।

मर्चवारी गाउँपालिका वडा नं ७ मंझरियाको पुलको शिलालेखमा आफ्नो नाम नभएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवारले शिलालेख तोडफोड गरेकी हुन्।

‘झोलुङ्गे पुल सबै जनप्रतिनिधिको सहयोगमा बनेको भएपनि उपाध्यक्षको नाम किन नराखिएको’ भन्दै उनी आक्रोशित भएकी थिइन्। गाउँपालिकाको अनुगमन समितिको संयोजक समेत रहेकी कलवारले शिलालेखमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, वडासदस्य तथा उपभोक्ता समितिका अध्यक्षको समेत नाम राखिएको तर आफ्नो नाम नराखिएकाले विरोधस्वरुप शिलालेख भत्काएको बताइन्।

‘म अनुगमन समितिको संयोजक हुँ, तर उद्घाटनबारे मलाई जानकारी गराइएन तर शिलालेखमा नाम नहाल्नु मेरो अपमान गर्नु हो, महिलामाथि गरिएको अन्याय हो,’ उनले भनिन्।

बिहीबार पुल उद्घाटनको कार्यक्रम आयोजना गरिएको थियो र प्रमुख अतिथिका रुपमा लुम्बिनी प्रदेशका मन्त्री सन्तोष कुमार पाण्डेलाई निम्त्याइएको थियो। तर शिलालेखको विषयमा विवाद भएपछि सांसद पाण्डे कार्यक्रम स्थलमा गएनन्। अबेर गरी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले आफै पुलको उद्घाटन गरेका थिए।

गाउँपालिका अध्यक्ष केशबनन्द बानियाँ र उपाध्यक्ष कलवार बीच खटपट चलिरहेकै समयमा यसअघि २०७७ माघ ८ गते शिलान्यास भएको थियो। त्यतिबेला निर्माण सम्पन्न भएपछि उद्घाटनका समयमा शिलालेखमा नाम समेटिने आश्वासन उपाध्यक्ष कलवारले पाएकी थिइन्। तर उनको नाम नराखिकनै शिलालेख अनावरण गरी पुल उद्घाटन गर्न लागेपछि भने उनी आक्रेशित बनेकी हुन्।

गाउँपालिकाका अध्यक्ष बानियाँले सबैको नाम शिलालेखमा राख्न सम्भव नभएकाले उपाध्यक्षको नाम नराखिएको बताए।

हाललाई विवाद साम्य पार्न शिलालेखमा मार्करले उपाध्यक्षको नाम लेखिएको छ। उपाध्यक्षको पनि नाम समेटिने गरी अर्को शिलालेख बनाइने अध्यक्ष बानियाँले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?