लुम्बिनी प्रदेशकाे नीति कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेशकाे नीति कार्यक्रम बहुमतले पारित
+
-

बुटवल-लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको नीति कार्यक्रम पारित भएको छ। सरकारले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जनाए।

आइतबार नीति कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुखले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए।

उनले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्। विपक्षी दलहरु नीति कार्यक्रम असफल बनाउने रणनीतिमा रहेपनि सरकारको नीति कार्यक्रम भने पास भएको छ।

कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको थियो।

सरकारले नीति तथा कार्यक्रममा कोभिड–१९ सहित सबैखाले महामारीमा स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउने गरी पूर्वाधार निर्माण, औषधि, स्वास्थ्य उपकरण र पर्याप्त जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

अस्पताल र स्वास्थ्य चौकीहरूमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको प्रोत्साहन पनि प्राथमिकतामा छ ।

५० शय्याका अस्पतालमा पर्याप्त पूर्वाधारसहितको विशेषज्ञ सेवा, आकस्मिक स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउने र प्रदेशका दुर्गम क्षेत्रमा विशेषज्ञ सेवासहितका स्वास्थ्य शिविर चलाउनेजस्ता नीति अघि सारेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?