राप्रपा नेताको पहल र प्रभु बैंकको सहयोगमा नेर्पामा कोरोना सुरक्षा सामग्री हस्तान्तरण

राप्रपा नेताको पहल र प्रभु बैंकको सहयोगमा नेर्पामा कोरोना सुरक्षा सामग्री हस्तान्तरण
+
-

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताको पहल, सक्रियता र प्रभु बैंकको सहयोगमा कोरोना भाइरस महामारीबाट प्रभावित खोटाङ दिक्तेल रुपाकोट मझुवागडी वडा न– ६ नेर्पामा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ।

३० हजार मास्क, ३० थान अक्सिमिटर, २० थान पिपिई, २० थान फेस सिल्ड र १ सय ९२ बोतल सेनिटाइजरलगायतका स्वास्थ सामग्री वडाका अध्यक्ष माधव राइलाई हस्तान्तरण गरिएको हो।

स्थानीय स्वास्थ, सुरक्षालगायत विभिन्न संघसंस्थाका प्रतिनिध र नागरिकको रोहबरमा सामग्री हस्तान्तरण गरिएको राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा समाजसेवी रबिन चाम्लिङले जानकारी दिए।

स्थानयि सर्बदलीय बैठकको माग र आवश्यकतालाई ध्यान दिँदैै नेता चाम्लिङले स्वास्थ्य सामग्रीको पहल गरेका थिए। राप्रपा पूर्वसांसद जयन्ती राइ, मेयर दिपनाराण रिजाललगायतको सल्लामा स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको हो।

स्वास्थ्य सामग्री प्राप्त गरेपछि आफ्नो गाउँमा राहत मिलेको वडा अध्यक्ष माधव राईले बताए। महामारी प्रभावित स्थानहरुमा यो समूहले विभिन्न पहल र सहयोग गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?