नेपाललाई फकाउन ओलीले खटाउन थाले ‘दूत’, आफूहरुको साथ नछोड्न गठबन्धनको नेपाललाई दबाब

नेपाललाई फकाउन ओलीले खटाउन थाले ‘दूत’, आफूहरुको साथ नछोड्न गठबन्धनको नेपाललाई दबाब
+
-

काठमाडौँ- संसद पुर्नस्थापना हुने विश्लेषण र सर्वोच्च अदालतको पछिल्लो आदेशपछि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि आफ्ना दूतहरुलाई खटाउन थालेका छन्।

सोमबार आफू निकट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ओलीसँग असन्तुष्ट तर पार्टी एकताको पक्षमा रहेका बामदेव गौतमलाई भेटन लगाई ओलीविरुद्ध विपक्षी गठबन्धनसँगै उभिएका माधवकुमार नेपाललाई फकाउन आग्रह गरेको बुझिएको छ।

स्रोतका अनुसार पौडेलले गौतमलाई पार्टी एकताका पक्षमा नेपाल पक्षलाई पनि फकाउन अनुरोध गरेका थिए। पार्टी एकताका लागि पहल गरेमा बरु आगामी पार्टी निर्वाचनमा नेतृत्व लिन गौतमलाई सहयोग गर्नेसमेत बाचा ओलीकातर्फबाट गरेको स्रोतले बताएको छ। सर्वोच्च अदालतका आदेशलाई पनि ख्याल गर्दै अब पार्टी एकता गर्नुको विकल्प नभएको पौडेलले गौतमलाई सुनाएका थिए।

यता एमालेमा विकसित राजनीतिक परिस्थतिलाई ध्यान दिँदै विपक्षी गठबन्धनका नेताहरुले नेपालकै निवासमा पुगेर सोमबार छलफल गरेका छन्। संसद पुनस्र्थापना र वैकल्पिक सरकारका पक्षमा गठबन्धनकै पक्षमा रहेको बाचा नेपालले पटकपटक दोहोर्याउँदै आएका छन्।

तर अब नेपालले आफ्नो साथ छोड्ने हुन् कि भन्ने आशंका सहित विपक्षी नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र उनका पार्टीका नेता पुर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल निवास कोटेश्वरमा पुगेर छलफल गरेका छन्। स्रोतका अनुसार त्यसक्रममा आफूहरुलाई दिइरहेको साथ नछोड्न नेताहरुले नेपाललाई आग्रह गरेको बुझिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?