
काठमाडौँ– ‘हाम्रो परिवार राम्रो परिवार’ ले धादिङ गल्छी गाउँपालिका–८ चरिपौवामा बस्दै आएका ललितबहादुर तामाङको परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको छ।
‘हाम्रो परिवार राम्रो परिवार’ का सचिव दीपेन्द्र खड्काले उक्त सामग्री वितरण गरेको जानकारी दिए।
तामाङसँगै उनका सन्तान पनि अपांग रहेको सचिव खड्काले जानकारी दिए।
तामाङ आफैँ पनि अपांग छन्। उनका दुई सन्तान र श्रीमती पनि सँगै बस्छन्। उनका दुवै सन्तान अपांग छन्। उनको आर्थिक अवस्था नाजुक छ।
सचिव खड्काले निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेको र अपांगता परिवारबारे जानकारी आएअनुसार सोही ठाउँमा गएर त्यहाँका युवाहरूको साथमा राहत वितरण गरेको बताए।