
काठमाडौँ –एनएमबि बैंकले निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ। बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन वाणिज्य बैंकले प्रदान गरिरहेमध्ये सर्वाधिक ब्याज हो।
बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ।
बैंकहरू कर्जा सापटीमा केन्द्रित रहेकोे देखिए पनि एनएमबिले भने स–साना निक्षेपकर्तालाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको जनाएको छ।
एनएमबि बैंकले देशभर १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।