दोस्रो खोप लगाउन नपाएकोबारे सरकारी अधिकारीसँग सोधपुछ गरिने

दोस्रो खोप लगाउन नपाएकोबारे सरकारी अधिकारीसँग सोधपुछ गरिने
+
-

काठमाडौँ— राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोभिड– १९ विरुद्धको खोपको सहज उपलब्धता नभएको भन्दै सरकारका सम्बन्धित अधिकारीसँग यस विषयमा सोधपुछ गर्ने भएको छ।

बुधबार बसेको समितिको बैठकले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका व्यक्तिले पनि दोस्रो मात्रा खोप पाउन नसकेको र खोपको उपलब्धता हुन नसकेको भन्दै के कारणले यस्तो भएको भन्ने सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको हो।

तत्कालै सरकारको प्रतिनिधिसँग यस सम्बन्धमा छलफल गरिने समिति सभापति दिलकुमारी रावल थापाले बताएका छन्।

साथै, समितिले कोभिड–१९ को नयाँ भेरियन्टको प्रभावको सम्बन्धमा पनि विज्ञहरूसँग छलफल गर्ने उनले जानकारी दिए।

यस्तै, समितिले विपदको सम्बन्धमा सरकारले गरेको पूर्वतयारी र विपदपछि प्रतिकार्यका लागि बनाएको योजनाको सम्बन्धमा पनि छलफल गर्ने भएको छ।

सिन्धुपाल्चोक बाढी पीडितलाई दाल, चामल बोकेर राहत दिन जानेको भीड बढेको र बाढी पीडितलाई दाल, चामल मात्रै आवश्यक नरहेको भन्दै समितिले तिनै तहको सरकारसँग अन्य विभिन्न आवश्यकताको सम्बन्धमा पनि छलफल गर्नुपर्ने निष्कर्ष निकालेको सभापति थापाले जानकारी दिएका छन्।

यस सम्बन्धमा पनि तीनै तहको सरकारको प्रतिनिधि ल्याएर छलफल गरिने सभापति रावलले जानकारी दिएका छन्।

=

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?