बाढीका कारण यसरी क्षतविच्छेद बनेको मेलम्ची–हेलम्बु सडक कहिले बन्ला? (स्थलगत भिडियो रिपोर्ट)

+
-

हेलम्बु– गत साता आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका नदी आसपासका क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ। बाढीले खेतीयोग्य जमिन, बस्ती र सडकलाई क्षतविच्छेद बनाइदिएको छ।

बाढीका कारण बेपत्ता १६ जना भेटिने अब कुनै संकेत छैन। परिवारले परालको शव बनाई जलाइसकेका छन्। उठिबास भएका घरधनी र डेरावालाहरुको आँसु रोकिएको छैन।

सेमेसिदाङ हिमालमुनिको भेमाथाङको चौर खसेपछि नदीले बाढीको रुप लिएको थियो, असार १ गते साँझ करिब सात बजे। बाढीले यो क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरु यतिबेला कोही नगरपालिका र गाउँपालिकाको शरणमा छन्। कोही आफन्त र छिमेकीमा आश्रित छन्। कोही नढलेका तर बेकामे आफ्ना घरहरुबाट सामाना निकाल्दै छन्, सेना र छिमेकीको सहयोगमा।

तर बाढीले सडक नै काटेपछि उनीहरुको आवागमन ठप्प छ। कष्टकर बनेको उनीहरुको दैनिकीमा सडक अभावले थप सास्ती पुगेको छ। वास्तवमा बाढीका कारण मेलम्ची–हेलम्बु सडक कुन अवस्थामा पुगेको छ त ? त्यसबारे तयार पारिएको यो स्थलगत भिडियो रिपोर्टः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?