
काठमाडौँ – एनआईसी एसिया बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्ष्य गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ।
०७८ असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेज (-@NICASIABankOfficial) मा बैंकले डिजिटल बैंकिङ प्रवद्र्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक–फरक जिंगल प्रयोग गरेर सहभागी हुन सकिने जनाएको छ।
यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार बराबरको आकर्षक उपहार जित्न सकिने र एक जना सहभागीको एकभन्दा बढी भिडियो छनोट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ।