बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै अस्ट्रेलियाभर उच्च सतर्कता

बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै अस्ट्रेलियाभर उच्च सतर्कता
+
-

सिड्नी – अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यबाट फैलन सुरु भएको कोरोना भाइरसको डेल्टा भेरिएन्टलाई नियन्त्रण गर्न अस्ट्रेलियन सरकारले देशभर विभिन्न रोकथामका उपायहरू अवलम्बन गरेको छ।

बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै अस्ट्रेलियाको न्यूसाउथवेल्स, पश्चिम अस्ट्रेलिया तथा नर्दन टेरिटोरीले आफ्ना राज्य र टेरिटोरीभित्रका केही क्षेत्रहरूमा लकडाउनको घोषणा गरिसकेका छन् भने मंगलबार साँझ ६ बजेदेखि क्वीन्सल्याण्ड राज्यका केही क्षेत्रहरूमा समेत लकडाउनको घोषणा गरिएको छ। अन्य राज्य र टेरिटोरीहरूले समेत कडा प्रतिबन्धको आव्हान गरिसकेका छन्।

न्यूसाउथवेल्समा जुन १६ पछि १ सय ४९ सङ्क्रमित

मंगलबार न्यूसाउथवेल्स राज्यमा १९ जना नयाँ कोरोना सङ्क्रमित फेला परेपछि हालसम्म सो राज्यमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ४९ पुगेको छ।

नियमित पत्रकार सम्मेलनका क्रममा राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले आज पुष्टि भएका नयाँ सङ्क्रमितहरूमध्ये १७ जनाको श्रोत पत्ता लागिसकेको तथा बाँकीको अनुसन्धान भइरहेको बताएकी थिइन्।

प्रिमियरका अनुसार गत २४ घण्टामा राज्यमा करिब ६७ हजार जनाको कोरोना परीक्षण गरिएको थियो भने हालसम्म राज्यभर २ सय ५० वटा संक्रमितहरू गएको स्थानहरू पहिचान गरिसकिएको छ।

न्यूसाउथवेल्स राज्यमा गत शनिबार २६ जुनदेखि ग्रेटर सिड्नी, ब्लु माउन्टेन, सेन्ट्रल कोष्ट, वोलोङगङ र सेल हारबर क्षेत्रमा दुई हफ्ताका लागि लकडाउन घोषणा गरिसकिएको छ।

क्वीन्सल्याण्ड राज्यका केही क्षेत्रमा तीनदिने लकडाउन

क्वीन्सल्याण्ड राज्यकी प्रिमियर एनास्टासिया पालासकले क्वीन्सल्याण्ड राज्यको केही क्षेत्रलाई आज साँझ ६ बजेदेखि लागु हुने गरि तीनदिने लकडाउन घोषणा गरेकी छन्।

मंगलबार बिहान लकडाउनको घोषणा गर्दै राज्यकी प्रिमियर पालासकले राज्यको दक्षिण क्वीन्सल्याण्ड, पाम आइल्याण्ड र म्याग्नेटिक आइल्याण्ड लकडाउनमा जाने घोषणा गरेकी हुन्। खोप नलगाएकी एक अस्पतालकी रिसेप्सनिष्ट सङ्क्रमणकै दौरानमा राज्यमा यात्रा गरेपछि सो लकडाउनको घोषणा गरिएको हो।

मास्क नलगाउँदा उपप्रधानमन्त्री बार्नबी ज्वाइसलाई दुई सय डलर जरिवाना

न्यूसाउथवेल्स प्रहरीले अस्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी ज्वोइसलाई ‘पब्लिक हेल्थ अर्डर’को उल्लंघन गरेर मास्क नलगाएकोमा दुई सय अस्ट्रेलियन डलर जरिवाना गरेको छ।

image.png

सोमबार बिहान आठ बजेतिर राज्यको आर्मिडेलस्थित एक पेट्रोल स्टेसनमा उनलाई बिना मास्क देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरी तत्काल घटनास्थलमा पुगेर उनलाई नियमानुसार दुई सय डलर जरिवानाको चिट काटेको थियो।

सो कुराको पुष्टि गर्दै राज्यका डेपुटी कमिस्नर ग्यारी वरब्वाइजले सो जरिवाना प्रहरीले आफूसमक्ष आउने हरेक सूचनालाई उत्तिकै महत्वका साथ हेर्छ भन्ने कुराको उदाहरण भएको बताएका थिए।

‘उक्त व्यक्तिले क्षमाशील भएको र प्रहरीको कारवाहीमा पूरा सहयोग गरेका थिए’, डेपुटी कमिस्नर बरब्वाइजले भनेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?